नारायणी अस्पताल, वीरगञ्जमा लामो समयपछि क्याथ ल्याब सेवा सञ्चालनमा आएको
- काठमाडौं ।
- नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सफलतापूर्वक सुरु भएको छ।
काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सफलतापूर्वक सुरु भएको छ।
२०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो।
उपकरण जडान सम्पन्न भई भदौ १० गतेदेखि क्याथ ल्याब सञ्चालनमा आएको हो। यससँगै अस्पतालले मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा प्रदान गर्न थालेका छन्।
क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि, मधेस प्रदेश र आसपासका जिल्लाका बिरामीहरूले आफ्नै प्रदेशभित्रै मुटुसम्बन्धी विशेषज्ञ सेवाहरू प्राप्त गर्न पाउने अपेक्षा गरिएको छ। यसले गर्दा बिरामीहरूलाई अन्यत्र जानुपरेको बाध्यता कम हुने र सहज पहुँच सुनिश्चित हुने विश्वास गरिएको छ।
यस सेवाले क्षेत्रीय स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ। नारायणी अस्पतालले यस सेवालाई निरन्तर सुधार र प्रवर्द्धन गर्न प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






