singel post top banner

संसदीय समितिले निजी क्षेत्रसँग सुझाव माग्दै कानुनी प्रक्रियाका झन्झट हटाउन पहल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, भाद्र ९, २०८३
68 Views
संसदीय समितिले निजी क्षेत्रसँग सुझाव माग्दै कानुनी प्रक्रियाका झन्झट हटाउन पहल
समाचार सारांश
  • काठमाडौं — राष्ट्रिय सभा अन्तर्गतको पूर्वाधार विकास समितिले व्यवसाय सञ्चालनका क्रममा देखिएका कानुनी प्रक्रिया र झन्झट न्यून गर्ने उपायबारे निजी क्षेत्रसँग सुझाव माग गरेको छ।
  • समितिले नेपालको पूर्वाधार विकासमा सार्वजनिक-निजी साझेदारीको वर्तमान अवस्था, सम्भावना, लगानी प्रवर्द्धन तथा आयोजना कार्यान्वयनमा देखा परेका समस्या र समाधानका उपायबारे छलफल गरेको हो।

काठमाडौं — राष्ट्रिय सभा अन्तर्गतको पूर्वाधार विकास समितिले व्यवसाय सञ्चालनका क्रममा देखिएका कानुनी प्रक्रिया र झन्झट न्यून गर्ने उपायबारे निजी क्षेत्रसँग सुझाव माग गरेको छ। समितिले नेपालको पूर्वाधार विकासमा सार्वजनिक-निजी साझेदारीको वर्तमान अवस्था, सम्भावना, लगानी प्रवर्द्धन तथा आयोजना कार्यान्वयनमा देखा परेका समस्या र समाधानका उपायबारे छलफल गरेको हो।

एक चरणको छलफलपछि समितिले यस सम्बन्धमा सरोकारवालाहरूसँग सुझाव माग्ने निर्णय गरेको छ। यसअन्तर्गत तीन वटा महत्वपूर्ण निर्णय भएका छन्:

१. निजी क्षेत्रले विद्यमान ऐन, कानुन तथा प्रक्रियाका कारण भोग्नुपरेका समस्या र सरकारबाट अपेक्षित सहजीकरणका क्षेत्रहरू, विशेषत: एकद्वार नीति, ब्युरोक्रेटिक झन्झट न्यूनीकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल-इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबाट १५ दिनभित्र लिखित सुझाव मागिनेछ।

२. लगानी बोर्डबाट ‘पीपीपी’ अन्तर्गत सहजीकरण र स्वीकृत भएका जलविद्युत र फोहरमैला व्यवस्थापन सम्बन्धी आयोजना/परियोजनाहरूको वर्तमान अवस्था, आयोजना डेलिभरीमा देखिएका समस्याहरू र तिनको समाधानका लागि समितिले के पहल गर्नुपर्छ भन्ने विषयमा १५ दिनभित्र समितिसमक्ष विवरण पेश गर्न भनिएको छ।

३. लगानी बोर्डसम्बन्धी ऐन तथा कानुनी व्यवस्थामा आवश्यक सुधार, बोर्डको भूमिकाको स्पष्टता (लगानीको सहजीकरण, समन्वय वा अनुमतिपत्र प्रदान गर्ने) लगायतका विषयमा सुझाव १५ दिनभित्र समितिसमक्ष प्रस्तुत गर्न अनुरोध गरिएको छ।

यस कदमले नेपालको पूर्वाधार विकास र व्यवसायिक वातावरणलाई सहज र द्रुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरिएको छ। समितिले यी सुझावलाई गम्भीरताका साथ अध्ययन गरी आवश्यक सुधारका लागि कदम चाल्ने तयारी गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा निःशुल्क मोतियाबिन्दु शल्यक्रियामा तीन वर्षमै दुई हजार भन्दा बढी बिरामी
सगरमाथा चौधरी आँखा अस्पतालद्वारा निःशुल्क मोतियाबिन्दु शल्यक्रियामा तीन वर्षमै दुई हजार भन्दा बढी बिरामी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १:०० बजे बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १:०० बजे बस्ने
सुर्खेतस्थित ‘शान्ताको अचार’ उद्योगमा आगलागी भएको छ, जुन शुक्रबार मात्रै उद्घाटन भएको थियो।
सुर्खेतस्थित ‘शान्ताको अचार’ उद्योगमा आगलागी भएको छ, जुन शुक्रबार मात्रै उद्घाटन भएको थियो।
लहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाई
लहान मनकामना कलेजले गुणस्तरीय विद्यार्थी उत्पादन गर्दै अभिभावकको बुझाई
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
स्पेनमा रेल दुर्घटना: २१ को मृत्यु, दर्जनौं घाइते
विद्यालयमा भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
विद्यालयमा भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन
हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला
युक्रेनद्वारा ब्ल्याक सीमा रूसी ‘छायाँ फ्लीट’का दुई तेल ट्यांकरमाथि नौसैनिक ड्रोन हमला
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?