singel post top banner

नेपालबाट चोरी भएका दुई अमूल्य पुरातात्विक मूर्तिहरू अमेरिका बाट फिर्ता, नेपाललाई हस्तान्तरण

belwo post title ad banner
रासस रासस
बुधबार, आषाढ १०, २०८३
128 Views
नेपालबाट चोरी भएका दुई अमूल्य पुरातात्विक मूर्तिहरू अमेरिका बाट फिर्ता, नेपाललाई हस्तान्तरण
समाचार सारांश
  • काठमाडौँ — नेपालको मूल्यवान् पुरातात्विक सम्पदाको संरक्षण र स्वामित्व पुनःस्थापना गर्दै, दुई महत्वपूर्ण मूर्तिहरू अमेरिका बाट नेपाललाई फिर्ता गरिएको छ।
  • यी मूर्तिहरूलाई हाल न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा सम्पन्न विशेष हस्तान्तरण समारोहमा नेपाल सरकारलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको हो।

काठमाडौँ — नेपालको मूल्यवान् पुरातात्विक सम्पदाको संरक्षण र स्वामित्व पुनःस्थापना गर्दै, दुई महत्वपूर्ण मूर्तिहरू अमेरिका बाट नेपाललाई फिर्ता गरिएको छ। यी मूर्तिहरूलाई हाल न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा सम्पन्न विशेष हस्तान्तरण समारोहमा नेपाल सरकारलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको हो।

समारोहमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटनस्थित अमेरिकी सरकारी वकिलको कार्यालयअन्तर्गत पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले संयुक्त रूपमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

ती मूर्तिहरूमा पहिलो, १३औं शताब्दीको कास्य पद्मपाणीको मूर्ति हो, जुन काठमाडौंको थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल) मा अवस्थित एक अनुपम कलाकृति मानिन्छ। यसको अन्तिम तस्वीर सन् १९७१ मा लिइएको अभिलेखमा रहेको छ र अनुमान गरिन्छ कि, यो मूर्ति सन् १९७१ र १९७७ बीच अवैध रूपमा अमेरिका ल्याइएको हो।

दोस्रो मूर्ति, १६औं शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति हो, जुन ललितपुरको इबहा बहीको काष्ठकलाको उत्कृष्ट नमूना मानिन्छ। यसलाई सन् १९६९ र १९८३ बीच चोरी गरी अमेरिका ल्याइएको अनुमान गरिएको छ, र पछि न्युयोर्कको महानगर संग्रहालयबाट बरामद गरिएको थियो।

यी दुवै सम्पदा अमेरिकी सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय र अन्य साझेदार संस्थाहरूको खोजी र अनुसन्धानपछि नेपाललाई हस्तान्तरण गरिएको हो।

समारोहमा नेपाली महावाणिज्यदूत भण्डारीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, संग्रहालय, सम्पदा संरक्षण अभियन्ता र समुदायका सदस्यहरूलाई धन्यवाद व्यक्त गरे। उहाँले भने, “सामूहिक प्रयासले यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी, स्वामित्व पुनः प्राप्ति र स्वदेश फिर्ती सम्भव भएको छ।”

उनले थपे, “नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्पदा संरक्षणमा विकसित हुँदै गएको सहकार्य र अन्तरराष्ट्रिय साझेदारीको उत्कृष्ट उदाहरण हो।” साथै, नेपाली समुदाय र नेवा गुठी न्युयोर्कलाई सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदानका लागि धन्यवाद ज्ञापन गरे।

समारोहपछि यी सम्पदाहरू यही जुन २५ मा नेपाल पठाइने व्यवस्था मिलाइएको छ। ढुवानी र व्यवस्थापनको कार्य नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा सम्पन्न हुने छ। नेपाल पुग्ने क्रममा गुठीका प्रतिनिधिहरूले सम्पदासँगै यात्रा गर्नेछन्, र काठमाडौँ आइपुगेपछि पुरातत्त्व विभाग र सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिनेछ।

यस घटनाले नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्पदा संरक्षण र अवैध तस्करी विरुद्धको संयुक्त प्रयासको महत्वपूर्ण उदाहरण स्थापित गरेको छ। समारोहमा नेपाली समुदाय, पुरातत्त्वविद्, अनुसन्धानकर्ताहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू
पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू
कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ
कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
सामाजिक सञ्जालमा अभिव्यक्ति विपरीत कारबाही गर्दै साइबर ब्यूरो
सामाजिक सञ्जालमा अभिव्यक्ति विपरीत कारबाही गर्दै साइबर ब्यूरो
प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका सांसदहरूसँग छलफल
प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशका सांसदहरूसँग छलफल
पर्यटकका लागि ल्याइएका बसहरूको स्थिति खराब: कोषका पदाधिकारीहरूको अनियमितताले पर्यटकलाई समस्या
पर्यटकका लागि ल्याइएका बसहरूको स्थिति खराब: कोषका पदाधिकारीहरूको अनियमितताले पर्यटकलाई समस्या
एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
एनपीएल सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
सप्तरी निर्वाचन क्षेत्र ४: स्थानीय मुद्दा र विश्वासको संघर्ष, चुनावी परिदृश्यमा नयाँ मोड
सप्तरी निर्वाचन क्षेत्र ४: स्थानीय मुद्दा र विश्वासको संघर्ष, चुनावी परिदृश्यमा नयाँ मोड
प्रधानमन्त्री शाहले भने : भारतले मात्र होइन, नेपाल
प्रधानमन्त्री शाहले भने : भारतले मात्र होइन, नेपाल
म्याग्दीमा प्रहरी चौकीको लागि स्थानीयवासीबाट निःशुल्क जग्गा उपलब्ध
म्याग्दीमा प्रहरी चौकीको लागि स्थानीयवासीबाट निःशुल्क जग्गा उपलब्ध
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?