singel post top banner

प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, चैत्र १०, २०८२
163 Views
प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप
समाचार सारांश
  • राजविराज – जिल्ला प्रहरी कार्यालय सिरहाको प्रशासन शाखामा कार्यरत प्रहरी हबल्दार रामबालक मण्डलमाथि आर्थिक चलखेल गरी प्रहरी कर्मचारीलाई सीमावर्ती क्षेत्रमा पठाउने गरेको आरोप लागेको छ।
  • प्रहरी स्रोतका अनुसार करिब दुई वर्षदेखि प्रशासन शाखामा कार्यरत मण्डलले सीमासँग जोडिएका प्रहरी चौकीहरूमा खटाउनका लागि प्रहरी कर्मचारीबाट रकम असुल्ने गरेको चर्चा प्रहरी संगठनभित्रै व्यापक रूपमा भइरहेको छ।

राजविराज – जिल्ला प्रहरी कार्यालय सिरहाको प्रशासन शाखामा कार्यरत प्रहरी हबल्दार रामबालक मण्डलमाथि आर्थिक चलखेल गरी प्रहरी कर्मचारीलाई सीमावर्ती क्षेत्रमा पठाउने गरेको आरोप लागेको छ।

प्रहरी स्रोतका अनुसार करिब दुई वर्षदेखि प्रशासन शाखामा कार्यरत मण्डलले सीमासँग जोडिएका प्रहरी चौकीहरूमा खटाउनका लागि प्रहरी कर्मचारीबाट रकम असुल्ने गरेको चर्चा प्रहरी संगठनभित्रै व्यापक रूपमा भइरहेको छ।

स्रोतले बताएअनुसार भारतसँग जोडिएका सीमावर्ती बजार आसपासका प्रहरी चौकीहरूमा खटिएपछि त्यहाँबाट विभिन्न किसिमका असुली हुने भएकाले ती स्थानमा जान प्रहरी कर्मचारीबीच प्रतिस्पर्धा हुने गरेको बताइन्छ। यही अवस्थालाई उपयोग गर्दै मण्डलले प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षकसम्मबाट रकम उठाउने गरेको आरोप लागेको छ।

एक पीडित प्रहरीका अनुसार रकम दिएपछि आफूले चाहेको सीमावर्ती प्रहरी चौकी रोजेर जान पाउने अवस्था रहेको बताइएको छ। तर पहुँच नपुगेका प्रहरी कर्मचारीलाई भने दुर्गम तथा कम अवसर भएका स्थानमा पठाइने गरेको गुनासो समेत प्रहरीभित्रै उठ्न थालेको छ।

जिल्ला प्रहरी कार्यालयका एक स्रोतका अनुसार सीमावर्ती चौकीमा पठाउँदा प्रत्येक प्रहरी कर्मचारीबाट ५ हजारदेखि ७ हजार रुपैयाँसम्म रकम लिने गरिएको दाबी गरिएको छ। यस्ता घटनाले प्रहरी संगठनभित्रको पोस्टिङ प्रणालीमाथि गम्भीर प्रश्न उठाउने देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
आजको नेपाली पञ्चाङ्ग, राशिफल र शुभअवसरहरू – महाशिवरात्रि व्रत विशेष
आजको नेपाली पञ्चाङ्ग, राशिफल र शुभअवसरहरू – महाशिवरात्रि व्रत विशेष
“रास्वपा ऐतिहासिक सफलता: नेपालको संसदीय निर्वाचनमा नयाँ रेकर्ड कायम”
“रास्वपा ऐतिहासिक सफलता: नेपालको संसदीय निर्वाचनमा नयाँ रेकर्ड कायम”
“बब मार्लीको ‘वान लभ’ कन्सर्ट: जमैकाको इतिहासमा शान्ति र एकताको प्रतीक”
“बब मार्लीको ‘वान लभ’ कन्सर्ट: जमैकाको इतिहासमा शान्ति र एकताको प्रतीक”
बागमती प्रदेशको राजधानीका लागि जग्गा र रुख कटान प्रक्रिया अन्तिम चरणमा
बागमती प्रदेशको राजधानीका लागि जग्गा र रुख कटान प्रक्रिया अन्तिम चरणमा
एसइईमा चिट चोर्न प्रयोग गरिएका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्ट
एसइईमा चिट चोर्न प्रयोग गरिएका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्ट
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
रसुवागढ़ी नाका पुनः सञ्चालन सीमा यातायात सुरु, निर्माण कार्य सम्पन्न
धादिङमा जेनजी आन्दोलनको फाइदा उठाउँदै फरार आरोपी पुनः चोरी काण्डमा पक्राउ
धादिङमा जेनजी आन्दोलनको फाइदा उठाउँदै फरार आरोपी पुनः चोरी काण्डमा पक्राउ
नेपालको नेत्र स्वास्थ्य सेवा र स्वास्थ्य पर्यटन: विश्वस्तरको सम्भावना र आर्थिक प्रगति
नेपालको नेत्र स्वास्थ्य सेवा र स्वास्थ्य पर्यटन: विश्वस्तरको सम्भावना र आर्थिक प्रगति
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध जारी, आन्दोलन र बहिष्कारको आह्वान
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध जारी, आन्दोलन र बहिष्कारको आह्वान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?