singel post top banner

प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, चैत्र १०, २०८२
224 Views
प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप
समाचार सारांश
  • राजविराज – जिल्ला प्रहरी कार्यालय सिरहाको प्रशासन शाखामा कार्यरत प्रहरी हबल्दार रामबालक मण्डलमाथि आर्थिक चलखेल गरी प्रहरी कर्मचारीलाई सीमावर्ती क्षेत्रमा पठाउने गरेको आरोप लागेको छ।
  • प्रहरी स्रोतका अनुसार करिब दुई वर्षदेखि प्रशासन शाखामा कार्यरत मण्डलले सीमासँग जोडिएका प्रहरी चौकीहरूमा खटाउनका लागि प्रहरी कर्मचारीबाट रकम असुल्ने गरेको चर्चा प्रहरी संगठनभित्रै व्यापक रूपमा भइरहेको छ।

राजविराज – जिल्ला प्रहरी कार्यालय सिरहाको प्रशासन शाखामा कार्यरत प्रहरी हबल्दार रामबालक मण्डलमाथि आर्थिक चलखेल गरी प्रहरी कर्मचारीलाई सीमावर्ती क्षेत्रमा पठाउने गरेको आरोप लागेको छ।

प्रहरी स्रोतका अनुसार करिब दुई वर्षदेखि प्रशासन शाखामा कार्यरत मण्डलले सीमासँग जोडिएका प्रहरी चौकीहरूमा खटाउनका लागि प्रहरी कर्मचारीबाट रकम असुल्ने गरेको चर्चा प्रहरी संगठनभित्रै व्यापक रूपमा भइरहेको छ।

स्रोतले बताएअनुसार भारतसँग जोडिएका सीमावर्ती बजार आसपासका प्रहरी चौकीहरूमा खटिएपछि त्यहाँबाट विभिन्न किसिमका असुली हुने भएकाले ती स्थानमा जान प्रहरी कर्मचारीबीच प्रतिस्पर्धा हुने गरेको बताइन्छ। यही अवस्थालाई उपयोग गर्दै मण्डलले प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षकसम्मबाट रकम उठाउने गरेको आरोप लागेको छ।

एक पीडित प्रहरीका अनुसार रकम दिएपछि आफूले चाहेको सीमावर्ती प्रहरी चौकी रोजेर जान पाउने अवस्था रहेको बताइएको छ। तर पहुँच नपुगेका प्रहरी कर्मचारीलाई भने दुर्गम तथा कम अवसर भएका स्थानमा पठाइने गरेको गुनासो समेत प्रहरीभित्रै उठ्न थालेको छ।

जिल्ला प्रहरी कार्यालयका एक स्रोतका अनुसार सीमावर्ती चौकीमा पठाउँदा प्रत्येक प्रहरी कर्मचारीबाट ५ हजारदेखि ७ हजार रुपैयाँसम्म रकम लिने गरिएको दाबी गरिएको छ। यस्ता घटनाले प्रहरी संगठनभित्रको पोस्टिङ प्रणालीमाथि गम्भीर प्रश्न उठाउने देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आगामी फागुन २१ को निर्वाचन : धेरै दल एकल चुनाव चिह्नका साथ चुनावी प्रतिस्पर्धामा
आगामी फागुन २१ को निर्वाचन : धेरै दल एकल चुनाव चिह्नका साथ चुनावी प्रतिस्पर्धामा
जेनजी आन्दोलनको दमन र आगजनीको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यविरुद्ध सर्वोच्चमा रिट दायर
जेनजी आन्दोलनको दमन र आगजनीको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यविरुद्ध सर्वोच्चमा रिट दायर
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु, विभिन्न स्थानहरूमा तयारी पूरा
काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु, विभिन्न स्थानहरूमा तयारी पूरा
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
बंगलादेशमा नयाँ सरकार गठन, तारिक रहमान प्रधानमन्त्रीको शपथ लिँदै
बंगलादेशमा नयाँ सरकार गठन, तारिक रहमान प्रधानमन्त्रीको शपथ लिँदै
वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो
वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो
जेनजी शहीदहरूको न्याय र सरकारको उदासिनता: सांसद रचना खतिवडा
जेनजी शहीदहरूको न्याय र सरकारको उदासिनता: सांसद रचना खतिवडा
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?