singel post top banner

झापामा हात्तीको त्रास र चुनावी उम्मेदवारको दावी: स्थानीयको मुख्य चासो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, फाल्गुन ५, २०८२
229 Views
झापामा हात्तीको त्रास र चुनावी उम्मेदवारको दावी: स्थानीयको मुख्य चासो
समाचार सारांश
  • झापा ।
  • मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन्।

झापा । मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन्। हात्तीले नखाने भएकाले उनको लागि तोरी खेती विकल्प बनेको हो। अन्य बाली हात्तीको आक्रमणले सखाप हुने भएकाले स्थानीयहरू तोरीलाई प्राथमिकता दिन थालेका छन्।

भारत संग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर १, २, ३ र ४ सम्म फैलिएको बाहुनडाँगीका स्थानीयको मुख्य चासो र प्रश्न चार दशकदेखि एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने?’

अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्तीमा परेका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउने एक विकल्प बनेको छ। हात्तीले नखाने भएको कारण, स्थानीय किसानहरूले यसलाई सुरक्षित र लाभदायक मानिरहेका छन्।

झापा निर्वाचन क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो अभियान थालेका छन्। मेचीनगरको १, २, ३ र ४ नं. वडा साविक बाहुनडाँगी गाविसको हिस्सा हुन्, जहाँ २२ हजारभन्दा बढी मतदाता छन्। अहिले हात्तीको त्रास र खेतबारीको समस्या प्रमुख चुनावी मुद्दा बनेको छ।

‘अहिलेसम्म एकजना मात्र उम्मेदवार आउनुभएको छ, अरू पनि आउनुहोला,’ स्थानीय पुरीले भनिन्, ‘हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने विश्वाससहित योजना दिन्छ, यसपालिको भोट उसैलाई दिनेछौँ।’

स्थानीयवासीहरूको गुनासो छ कि पटकपटकका सरकार र उम्मेदवार फेरिए, तर बाहुनडाँगीको नियति फेरिएको छैन। भारतबाट मेची नदी तरेर आउने हात्तीलाई रोक्न सरकारले करोडौँ खर्चेर विद्युतीय तारबार लगाएको भए तापनि, ती तारबार अहिले हात्तीको लागि खेलौना जस्तै भएका छन्। हात्तीले तारबार भत्काउने र गाउँ पस्ने क्रम रोकिएको छैन।

कक्षा १२ मा अध्ययनरत युवाम मतदाता प्रवेश पुरीले भने, ‘देशमा धेरै परिवर्तन भए पनि गाउँमा हात्तीको समस्या उस्तै रहेको छ।’ उनले थपे, ‘यसपटक मत माग्न आउने उम्मेदवारहरूलाई हात्तीको समस्या समाधानका लागि दीर्घकालीन र प्रभावकारी योजना सोध्नेछु।’

झापा–१ मा राजनीतिक दलका १३ र स्वतन्त्र २ गरी १५ उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका छन्। १५ वटा मतदानस्थल र १४५ मतदान केन्द्रबाट मतदान हुनेछ।

झापा–१ को भूगोलमा हात्तीको त्रास भए नभएको कुनै गाउँ छैन, बाली नोक्सान नभएको कुनै वडा छैन र हात्तीको आक्रमणमा आफन्त नगुमाएको कुनै पालिका छैन। चुनाव नजिकिएसँगै यहाँका मतदाता र स्थानीयले नेताहरूले बाँड्ने आश्वासन भन्दा कार्यान्वयनयोग्य समाधानको पर्खाइमा रहेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायको कार्यप्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिइन्
राष्ट्रिय सभाबाट चार अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित
राष्ट्रिय सभाबाट चार अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित
नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारी तीनवटै घुस मुद्दामा दोषी ठहर
नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारी तीनवटै घुस मुद्दामा दोषी ठहर
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
देशका विभिन्न भागहरूमा अविरल वर्षा र प्राकृतिक प्रकोप: दुई जनाको मृत्यु, एक बेपत्ता
देशका विभिन्न भागहरूमा अविरल वर्षा र प्राकृतिक प्रकोप: दुई जनाको मृत्यु, एक बेपत्ता
यातायात अनुमति पत्रका लागि स्वास्थ्य जाँच: मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिने निर्णय
यातायात अनुमति पत्रका लागि स्वास्थ्य जाँच: मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिने निर्णय
कञ्चनपुरमा नदीजन्य पदार्थको उत्खननमा असार १ देखि भदौ मसान्तसम्म रोक
कञ्चनपुरमा नदीजन्य पदार्थको उत्खननमा असार १ देखि भदौ मसान्तसम्म रोक
अमेरिकाले इरानमाथि हवाई आक्रमण, तनाव र संघर्ष तीव्र, क्षेत्रीय सुरक्षा चुनौतीहरू बढ्दै
अमेरिकाले इरानमाथि हवाई आक्रमण, तनाव र संघर्ष तीव्र, क्षेत्रीय सुरक्षा चुनौतीहरू बढ्दै
श्रीलंकामा नेपाली दूतावासको एक एकड जग्गा दुई पटक बिक्री, ३२ वर्षपछि स्वामित्व फिर्ताको पहल
श्रीलंकामा नेपाली दूतावासको एक एकड जग्गा दुई पटक बिक्री, ३२ वर्षपछि स्वामित्व फिर्ताको पहल
singel sidbar banner
singel sidbar banner 2