singel post top banner

महोत्तरीमा व्यवसाय अनुगमन: त्रुटी सुधार र कानुनी कारवाहीको चेतावनी

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, पौष २३, २०८२
235 Views
महोत्तरीमा व्यवसाय अनुगमन: त्रुटी सुधार र कानुनी कारवाहीको चेतावनी
समाचार सारांश
  • महोत्तरी — महोत्तरी जिल्लाको बर्दिवास बजारमा प्रशासनले गरेको व्यवसाय अनुगमनपछि व्यवसायीहरूलाई त्रुटी सुधार गर्न र नियम अनुसार व्यवसाय संचालन गर्न सुझाव दिइएको छ।
  • बर्दिवासमा सञ्चालन भइरहेका मार्ट, किराना पसल, डिपार्टमेन्ट स्टोर, कास्मेटिक पसल, मिठाई पसल र मसाज सेन्टरहरूको अनुगमन गर्दै प्रशासनले व्यवसायीहरूलाई सचेत गराएको हो।

महोत्तरी — महोत्तरी जिल्लाको बर्दिवास बजारमा प्रशासनले गरेको व्यवसाय अनुगमनपछि व्यवसायीहरूलाई त्रुटी सुधार गर्न र नियम अनुसार व्यवसाय संचालन गर्न सुझाव दिइएको छ। बर्दिवासमा सञ्चालन भइरहेका मार्ट, किराना पसल, डिपार्टमेन्ट स्टोर, कास्मेटिक पसल, मिठाई पसल र मसाज सेन्टरहरूको अनुगमन गर्दै प्रशासनले व्यवसायीहरूलाई सचेत गराएको हो।

ईलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधवराज न्यौपानेको नेतृत्वमा, बर्दिवास उद्योग वाणिज्य संघ, उपभोक्ता संरक्षण मंच, प्रहरी र सरोकारवालाहरूले आइतबार करिब तीन घण्टा बजार अनुगमन गरेका थिए। अनुगमनका क्रममा व्यवसायको कागजपत्रहरू समयमै नदेखिनु, म्याद गुज्रिएका सामानहरू भेटिनु, उत्पादन मिति नभएको सामान राखिनु, मूल्य सूची नदेखिनु र बिल काटेर व्यापार नगर्नु जस्ता त्रुटिहरू देखिएको उनले बताए।

विशेष गरी, पछिल्लो समयमा मसाज सेन्टरहरूमा अनैतिक क्रियाकलापहरूको विषयमा आवाज उठेकाले, त्यहाँ समेत अनुगमन गरिएको थियो। रोयल र रेडरोड मसाज सेन्टरहरूमा बिल काटिएर व्यवसाय नभएको र व्यक्तिको व्यक्तिगत विवरण नराखिएको पाइएपछि, सबै मसाज सेन्टरहरूका लागि व्यक्तिगत परिचयपत्र र विवरण राख्न र बिल काटेर व्यवसाय गर्न सचेत गराइएको छ।

प्रशासनले घर संसार, बर्दिवास घर संसार, मेट्रो मार्ट, महतो किराना पसल, एम आर बेकरी, प्रनु कास्मेटिक एण्ड गिफ्ट हाउस, श्री राम स्वीट एण्ड चाट हाउस र मसाज सेन्टरहरूमा पहिलो पटक अनुगमन गरेको हो। यस क्रममा कुनै कारवाही नगरिएको भएता पनि, अनुगमन समितिले व्यवसायीहरूलाई त्रुटी सुधार र सचेत रहने चेतावनी दिएको छ।

यदि दोहोर्याएर अर्को अनुगमनमा त्रुटि भेटिएमा, कानुनी कारवाही र जरीवाना लाग्ने सम्बन्धमा समेत जानकारी गराइएको छ। उपभोक्ता संरक्षण मंचका दीपेन्द्र पराजुलीका अनुसार, यसरी अनुगमनको उद्देश्य व्यवसायीहरूलाई नियम पालनामा सचेत बनाउनु नै हो र भविष्यमा सुधार नभए थप कारवाही हुने चेतावनी दिइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालको ब्रिक्स शिखर सम्मेलनमा उदासीनता: रणनीति र अवसरको अभाव
नेपालको ब्रिक्स शिखर सम्मेलनमा उदासीनता: रणनीति र अवसरको अभाव
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
गणेश नेपालीको मृत्युबारे उच्चस्तरीय छानबिन समिगणेशति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग
सर्लाहीमा भारतीय चालकसहित १३ लाख मूल्यको मदिरासहित ४ जना पक्राउ
सर्लाहीमा भारतीय चालकसहित १३ लाख मूल्यको मदिरासहित ४ जना पक्राउ
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
डेडिकेटेड फिडर विवाद : दोस्रो किस्ता असुलीमा विद्युत् प्राधिकरण कडा
झापामा हात्तीको त्रास र चुनावी उम्मेदवारको दावी: स्थानीयको मुख्य चासो
झापामा हात्तीको त्रास र चुनावी उम्मेदवारको दावी: स्थानीयको मुख्य चासो
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
कुलमान घिसिङले सय दिनको कामको प्रगति सार्वजनिक, ऊर्जा र पूर्वाधार क्षेत्रमा नयाँ पहलहरूको घोषणा
कुलमान घिसिङले सय दिनको कामको प्रगति सार्वजनिक, ऊर्जा र पूर्वाधार क्षेत्रमा नयाँ पहलहरूको घोषणा
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार, व्यापार र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी महत्वपूर्ण निर्णयहरू स्वीकृत
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार, व्यापार र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी महत्वपूर्ण निर्णयहरू स्वीकृत
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?