singel post top banner

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना: आयोगको स्पष्टीकरण

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष १६, २०८२
182 Views
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना: आयोगको स्पष्टीकरण
समाचार सारांश
  • काठमाडौं – निर्वाचन आयोगले निर्वाचन खर्च विवरण बुझाउने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित केही समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • ‘निर्वाचन आयोगले दुःख दियो’ र ‘चुनावी खर्च लुकाउने उम्मेदवार उठ्न नपाउने’ जस्ता शीर्षकमा आएका समाचारलाई आयोगले भ्रामक भन्दै यथार्थ जानकारी सार्वजनिक गरेको छ।

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन खर्च विवरण बुझाउने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित केही समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘निर्वाचन आयोगले दुःख दियो’ र ‘चुनावी खर्च लुकाउने उम्मेदवार उठ्न नपाउने’ जस्ता शीर्षकमा आएका समाचारलाई आयोगले भ्रामक भन्दै यथार्थ जानकारी सार्वजनिक गरेको छ।

निर्वाचन ऐन, २०७३ को दफा ३१ अनुसार, निर्वाचन खर्चको विवरण तोकिएको समयभित्र पेश नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था छ। आयोगले स्पष्ट पारेको छ कि, तोकिएको जरिवाना रकम सम्बन्धित निर्वाचन कार्यालयमा समयमै बुझाउने उम्मेदवारहरूको हकमा उम्मेदवारी बदर गर्ने वा कुनै थप कारबाही गरिने छैन।

यसैबीच, सम्मानित अदालतबाट अन्यथा आदेश भएका उम्मेदवारहरूको हकमा भने अदालतको निर्णयअनुसार नै प्रक्रिया अघि बढाइने आयोगले प्रष्ट पारेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारमाध्यमहरूलाई तथ्यमा आधारित र सही सूचना प्रकाशन गर्न आग्रह गरेका छन्। आयोगले यस विषयमा थप स्पष्टता दिन र जनतामाझ सही सूचना पुर्याउन यो विज्ञप्ति जारी गरेको हो। निर्वाचन प्रक्रियामा पारदर्शिता कायम राख्न आयोग प्रतिबद्ध रहेको र सबै उम्मेदवारहरूलाई कानुनको पालना गर्न आह्वान गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, निर्वाचन सुरक्षा रणनीतिमाथि छलफल
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
डिम्ब तस्करी प्रकरण : होप फर्टिलिटीका सञ्चालकमाथि मुद्दा नचलाउनूको कारण पेश गर्न सर्वोच्चको आदेश
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव गोरुसिंगे जंगलमा फेला, तीन दिनदेखि हराइरहेका थिए
कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव गोरुसिंगे जंगलमा फेला, तीन दिनदेखि हराइरहेका थिए
सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
नेपाल र चीनबीच हिमतालको जोखिम न्यूनीकरणका लागि तत्काल कूटनीतिक पहल र वैज्ञानिक अध्ययनको आवश्यकताको संयुक्त नेतृत्व
नेपाल र चीनबीच हिमतालको जोखिम न्यूनीकरणका लागि तत्काल कूटनीतिक पहल र वैज्ञानिक अध्ययनको आवश्यकताको संयुक्त नेतृत्व
धानको उचित मूल्य नपाउँदा किसान चिन्तित
धानको उचित मूल्य नपाउँदा किसान चिन्तित
पर्यटन विधेयकमाथि छलफल: सञ्चारकर्मीलाई बैठकमा प्रवेश निषेध
पर्यटन विधेयकमाथि छलफल: सञ्चारकर्मीलाई बैठकमा प्रवेश निषेध
लहानमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सुरू, प्रदेशस्तरमै नयाँ स्वास्थ्य सेवा गन्तव्यको रुपमा उठ्दै
लहानमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सुरू, प्रदेशस्तरमै नयाँ स्वास्थ्य सेवा गन्तव्यको रुपमा उठ्दै
नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
नेपाली काँग्रेसका सुनीलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
नेपाली काँग्रेसका सुनीलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?