singel post top banner

चितवनमा निर्वाचनका लागि अनुमति लिएर राखिएका ११ वटा हतियार फिर्ता

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, माघ २४, २०८२
132 Views
चितवनमा निर्वाचनका लागि अनुमति लिएर राखिएका ११ वटा हतियार फिर्ता
समाचार सारांश
  • चितवन।
  • चितवनमा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ।

चितवन। चितवनमा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरिए पनि, अनुमति लिएका हतियारहरू अपेक्षाकृत रूपमा फिर्ता भएको छैन।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा १४१ व्यक्तिले हतियार राख्न अनुमति पाएका छन्। स्थानीय प्रशासनले निर्वाचनको निष्पक्षता, स्वच्छता, शान्ति र विश्वसनीयता कायम गर्नका लागि अनुमति लिएका हतियारहरू बुझाउन माघ ६ गते सूचना प्रकाशित गरेको थियो। पन्ध्र दिनभित्र हतियार बुझाउन भनिए पनि सो समयावधि सकिएपनि हालसम्म सम्पूर्ण हतियार फिर्ता भएको छैन।

प्रजिअ अर्यालले भने, “हतियार राख्ने अनुमति लिएर जिल्लाबाहिर राखिएका हुन सक्छन्। साथै, अन्य जिल्लाबाट आउने तथ्यांक पनि हेर्दैछौं। बैंकिङ क्षेत्रका हतियारहरू बैंकको सुरक्षा का लागि राखिएका भएकाले ती हतियारहरू फिर्ता गर्न आवश्यक छैन।” उनले थपे, “अन्य अनुमति लिएका हतियारहरू निर्वाचनको समयमा फिर्ता गरी निर्वाचनपछि पुनः लिन सकिने व्यवस्था मिलाइएको छ।”

स्थानीय प्रशासनले हतियार बुझाउने प्रक्रिया जारी राख्दै, शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक कदमहरू चालिरहेको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनगढीमा सालनालसहित नवजात शिशु फाल्ने महिला पक्राउ
नेपालको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन आवश्यक; गृह मन्त्री अर्याल
नेपालको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन आवश्यक; गृह मन्त्री अर्याल
धनगढीमा एमाले युवा सङ्घ र जेनजी बीच झडप, सरिता जोशी घाइते
धनगढीमा एमाले युवा सङ्घ र जेनजी बीच झडप, सरिता जोशी घाइते
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता
सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
दिल्लीको लाल किल्लाको नजिक कार विस्फोट: जम्मु-कस्मिरका डाक्टरसँग सम्बन्धित, १२ को मृत्यु, अनुसन्धान जारी
दिल्लीको लाल किल्लाको नजिक कार विस्फोट: जम्मु-कस्मिरका डाक्टरसँग सम्बन्धित, १२ को मृत्यु, अनुसन्धान जारी
सरकारी कार्यालयको नयाँ समय तालिका: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन
सरकारी कार्यालयको नयाँ समय तालिका: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु, लाखौं प्रभावित
दक्षिणी अफ्रिकामा भीषण वर्षा र बाढी, १०० भन्दा बढीको मृत्यु, लाखौं प्रभावित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?