जनकपुरधाममा छठ पर्वका लागि पोखरी तथा जलाशयहरू सिँगारिएका, आजदेखि औपचारिक शुरुवात।
- जनकपुरधाम – छठ पर्वको तयारीका क्रममा जनकपुरधामका पोखरी तथा जलाशयहरूलाई आकर्षक र सिँगारिएको छ।
- आजदेखि औपचारिक रुपमा सुरु भएको यस पर्वको तयारीको रूपमा गंगासागर, अरगजा सागर, दशरथ तलाव, अग्निकुण्ड, धनुषसागर, मटकोरवा पोखरी लगायतका ठाउँहरूमा पण्डाल र बत्तीको सजावट गरिएको छ।
जनकपुरधाम – छठ पर्वको तयारीका क्रममा जनकपुरधामका पोखरी तथा जलाशयहरूलाई आकर्षक र सिँगारिएको छ। आजदेखि औपचारिक रुपमा सुरु भएको यस पर्वको तयारीको रूपमा गंगासागर, अरगजा सागर, दशरथ तलाव, अग्निकुण्ड, धनुषसागर, मटकोरवा पोखरी लगायतका ठाउँहरूमा पण्डाल र बत्तीको सजावट गरिएको छ।
गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतको तुलनामा यस पटक घाटहरू अझ व्यवस्थित रूपमा सजाइएका बताएका छन्। उनका अनुसार हरेक वर्ष श्रद्धालुहरू घरबाट अर्घाका सामग्री ल्याएर सम्बन्धित घाटमा सजावट गर्दछन्। अहिले गंगासागर घाटमा पण्डालको काम चलिरहेको छ भने झिलिमिली बत्तीको काम बाँकी रहेको छ। तीनवटा समितिले यस पटक घाटको सजावटको जिम्मेवारी लिएका छन्।
चार दिनसम्म मनाइने यस छठ पर्व आजदेखि औपचारिक रूपमा सुरु भएको हो। यस पर्वमा व्रतालुहरूले दुई दिनसम्म अन्न र पानीबिना उपवास बस्नुपर्ने हुन्छ। पहिलो दिन आज ‘नहाय–खाय’ हुन्छ भने दोस्रो दिन आइतबार सम्पूर्ण दिन व्रत बस्ने र राति ‘खीर’ बनाई देवतालाई अर्पण गर्ने चलन छ, जसलाई ‘खरना’ भनिन्छ।
तेस्रो दिन सोमबार मुख्य दिन मानिन्छ, जसमा कृषिजन्य अन्नको पीठोबाट बनेका पकवानहरू, केराको घरी, माटोको हाँडी, सूप, कनसुपती र कलशसहितको सामग्री स्वच्छ र पवित्र रूपमा तयारी गरिन्छ। साँझ सूर्य अस्ताउँदो समयमा अर्घ्य दिइन्छ भने चौथो दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिन्छ।
यस पर्वको अवसरमा संघ सरकारले मुख्य दिन सार्वजनिक बिदा दिएको छ भने मधेस प्रदेश सरकारले त्यसको भोलिपल्ट, अर्थात् चौथो दिन प्रदेशभर बिदा दिएको छ।





प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






