singel post top banner

महोत्तरीमा निर्वाचनले ब्यापार र होटल व्यवसायलाई दिएको उछाल; व्यापारिक गतिविधि बढ्दै

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, माघ २५, २०८२
101 Views
महोत्तरीमा निर्वाचनले ब्यापार र होटल व्यवसायलाई दिएको उछाल; व्यापारिक गतिविधि बढ्दै
समाचार सारांश
  • महोत्तरी — महोत्तरीमा निर्वाचनको चहलपहल बढेसँगै आर्थिक गतिविधिहरूमा पनि भारी वृद्धि भएको छ।
  • विशेषगरी होटल व्यवसायीहरू यसबाट लाभान्वित भएको देखिएको छ।

महोत्तरी — महोत्तरीमा निर्वाचनको चहलपहल बढेसँगै आर्थिक गतिविधिहरूमा पनि भारी वृद्धि भएको छ। विशेषगरी होटल व्यवसायीहरू यसबाट लाभान्वित भएको देखिएको छ। राजनीतिक दल र तिनका उम्मेदवारहरूका साथै कार्यकर्ताहरूको सघन उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायीहरू बताएका छन्।

बर्दिबासका होटल सञ्चालक र होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरे भन्छन्, “निर्वाचनका कारण हाम्रो व्यवसाय अहिले निकै ब्यस्त छ। अबको एक महिना हाम्रो व्यवसाय थप फस्टाउने अपेक्षा गरेका छौं।” जिल्लाका सबै भेगका बजारहरूमा होटल व्यवसाय राम्रो चलेको उनको भनाइ छ।

प्रतिनिधिसभा क्षेत्र–१ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएपछि होटलमा ग्राहकको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ। बर्दिबासचोक वरपर १० वटा दलले निर्वाचन परिचालन कार्यालय स्थापना गरेका छन्। यी कार्यालय सञ्चालनमा आएपछि बजारको चहलपहल उल्लेखनीय रुपमा बढेको होटल व्यवसायी विमल भण्डारीले बताए।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रका सबैजसो केन्द्र (निर्वाचन कार्यालय स्थापना भएका ठाउँ) बजार क्षेत्रमै रहेका छन्। क्षेत्र नम्बर–१ का बर्दिबास, २ को बलवा, ३ को जलेश्वर र ४ को रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय रहेको छ। यी ठाउँहरू मात्रै नभएर मटिहानी, पिपरा, मनरा, सम्सी, गौशाला, सीतापुर, लोहारपट्टी, ओरही, खयरमारा, सरपल्लो, रौजास लगायतका बजार क्षेत्रहरूमा पनि ग्राहकको भीड बढेको देखिएको छ।

सामाजिक कार्यकर्ता मन्सुल कवारीका अनुसार, “दल र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूको जमघटले बजारमा निकै चहलपहल बढेको छ।” यसैगरी, बजारमा झण्डा, ब्यानर, पर्चा, र पम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेस व्यवसायहरूमा पनि ग्राहकहरूको सङ्ख्या बढेको छ।

विपक्षी र पक्षीय उम्मेदवारहरूको प्रचार–प्रसार र चुनावी गतिविधिहरूले बजारलाई अझ गतिशील बनाएको छ। जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले भने, “निर्वाचनको महापर्व आगामी फागुन ३ गतेपछि औपचारिक रूपमा सुरु हुनेछ, जसले गर्दा चहलपहल अझ बढ्नेछ।”

यसरी महोत्तरीमा निर्वाचनका कारण व्यापारिक गतिविधि र होटल व्यवसायमा सकारात्मक प्रभाव देखिएको छ। आगामी दिनहरूमा चुनावी प्रचार–प्रसार र गतिविधिहरूले अझ थप उछाल ल्याउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
नेपाल–भारत सीमा सुरक्षा र सहकार्यका विषयमा उच्चस्तरीय छलफल सम्पन्न
नेपाल–भारत सीमा सुरक्षा र सहकार्यका विषयमा उच्चस्तरीय छलफल सम्पन्न
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
अमेरिका र इजरायलले इरानको तेल भण्डारण केन्द्रहरू लक्षित गर्दै संयुक्त आक्रमण
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पूरा गर्ने निर्देश, समयमै पेश गर्न आह्वान
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची पूरा गर्ने निर्देश, समयमै पेश गर्न आह्वान
धुलिखेल सडकखण्डको स्तरोन्नति तीव्र : नयाँ ठेकेदारसँग ३१ करोडको सम्झौता
धुलिखेल सडकखण्डको स्तरोन्नति तीव्र : नयाँ ठेकेदारसँग ३१ करोडको सम्झौता
नेपाली सेनाको चुरे संरक्षण अभियान: प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान
नेपाली सेनाको चुरे संरक्षण अभियान: प्राकृतिक स्रोतको संरक्षण र वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?