singel post top banner

बर्दिवास नगरपालिका वडा नम्बर १३ बालविवाहमुक्त घोषित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, पौष १३, २०८२
239 Views
बर्दिवास नगरपालिका वडा नम्बर १३ बालविवाहमुक्त घोषित
समाचार सारांश
  • महोत्तरी — महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १३ लाई शनिबार औपचारिक रूपमा ‘बालविवाहमुक्त वडा’ घोषणा गरिएको छ।
  • यो घोषणा बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध समुदायले लामो समयदेखि सञ्चालन गर्दै आएको सामूहिक अभियानको महत्वपूर्ण उपलब्धि मानिएको छ।

महोत्तरी — महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १३ लाई शनिबार औपचारिक रूपमा ‘बालविवाहमुक्त वडा’ घोषणा गरिएको छ। यो घोषणा बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध समुदायले लामो समयदेखि सञ्चालन गर्दै आएको सामूहिक अभियानको महत्वपूर्ण उपलब्धि मानिएको छ।

बालविवाह अन्त्यका लागि समुदायका शिक्षक, अभिभावक, महिला समूह, युवा स्वयंसेवी, स्थानीय बाल क्लब र समाजका अगुवाहरू निरन्तर रूपमा सक्रिय रहँदै आएका थिए। यस सफलतालाई नेतृत्व र समर्थन प्रदान गरेको छ नगरप्रमुख प्रहलादकुमार क्षेत्रीको पहल र निरन्तर प्रयास, वडा अध्यक्ष लक्ष्मण सिंहको नेतृत्व र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासको सक्रियताले।

उत्साहपूर्ण घोषणा कार्यक्रम शनिबार आयोजना गरिएको यस कार्यक्रममा वडाभरि उत्साहको माहोल देखिएको थियो। कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक, महिला अधिकारकर्मी, युवा प्रतिनिधि र समाजसेवीहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख प्रहलादकुमार क्षेत्रीले भने, “थाहा पाएनौँ भनेर हुँदैन। सरकारले बनाएका नियम सबैले पालना गर्नुपर्छ। यसको प्रभावकारी कार्यान्वयन अब हामी सबैको साझा जिम्मेवारी हो।”

वडा अध्यक्ष लक्ष्मण सिंहले भने, “यो घोषणा अन्त्य होइन, सुरुआत हो। निरन्तर निगरानी, सचेतना र सामूहिक प्रतिबद्धताको आवश्यक छ।” उनले समुदायको चुनौती, अभिभावकहरूको सोच परिवर्तन र विद्यालय–समुदायको सहकार्यका अनुभवहरू साझा गरे।

समुदायको सक्रियता र कार्यक्रम प्रभाव सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन हुँदै आएको मञ्चले अभिभावक बैठक, विद्यार्थी नेतृत्व विकास, बाल क्लबको सक्रियता, बाल अधिकारसम्बन्धी नीति संवाद र घर–घर अभिमुखीकरणजस्ता कार्यक्रममार्फत बालविवाह रोकथाममा उल्लेखनीय प्रभाव परेको छ।

स्थानीय युवाहरूले आफूलाई ‘परिवर्तन दूत’ का रूपमा प्रस्तुत गर्दै बालविवाहका जोखिम र दुष्प्रभावबारे सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन्। यसले समुदायमा सोच परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको अभिभावकहरूको भनाइ छ।

आगामी कार्ययोजना बालविवाहमुक्त वडा घोषणा केवल कागजमा सीमित नहोस् भन्ने उद्देश्यसहित वडा र नगरपालिका विशेष कार्ययोजना बनाउने योजना बनाएको छ। यसमा विद्यालय, स्वास्थ्य चौकी र प्रहरीसँगको समन्वयमा ‘बालविवाह जोखिम पहिचान प्रणाली’ सञ्चालन, अभिभावक सचेतना निरन्तरता, बाल क्लब सुदृढीकरण, समुदायस्तरमा नियमित संवाद र सामाजिक निगरानी समूहलाई सक्रिय बनाउने योजना समावेश छ।

बर्दिवास–१३ को बालविवाहमुक्त वडा घोषणा केवल औपचारिक कार्यक्रम मात्र नभएर सामाजिक रूपान्तरणतर्फको एक महत्वपू्र्ण मोडको रूपमा हेरिएको छ। यसले देखाएको छ कि समुदाय, स्थानीय सरकार, संस्था र युवाहरूको साझा प्रयासले सकारात्मक परिवर्तन सम्भव छ।

कार्यक्रममा उपप्रमुख तारादेवी महतो, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, सेभ द चिल्ड्रेनका दिपक खतिवडा र पैरवी मञ्चका सोमबहादुर कार्की लगायत विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय
सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
सम्पत्ति छानबिन आयोगको नयाँ निर्णय: न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति जाँच रोकिएन
सम्पत्ति छानबिन आयोगको नयाँ निर्णय: न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति जाँच रोकिएन
बिहार विधानसभा चुनाव २०२५ को दोस्रो चरण सुरु, १२२ सिटमा मतदान र थप ८ प्रदेशीय उपचुनाव सञ्चालन
बिहार विधानसभा चुनाव २०२५ को दोस्रो चरण सुरु, १२२ सिटमा मतदान र थप ८ प्रदेशीय उपचुनाव सञ्चालन
नाबालिग बलात्कार मुद्दामा एमाले नेता साह पक्राउ, प्रहरीको अनुसन्धान तीव्र
नाबालिग बलात्कार मुद्दामा एमाले नेता साह पक्राउ, प्रहरीको अनुसन्धान तीव्र
राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा सर्वदलीय बैठक, सुनसरीको तनावपूर्ण अवस्था समाधानका लागि छलफल जारी
राष्ट्रिय स्वतन्त्र पार्टीको पहलमा सर्वदलीय बैठक, सुनसरीको तनावपूर्ण अवस्था समाधानका लागि छलफल जारी
मधेश प्रदेशका मुख्यमन्त्री र नयाँ प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता
मधेश प्रदेशका मुख्यमन्त्री र नयाँ प्रदेश प्रमुखबीच शिष्टाचार भेटवार्ता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?