लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
- सिरहा – सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्तिहरूलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय कमलेश कुमार साफी र सोही स्थानका ३२ वर्षीय सन्तोष यादव रहेका छन्।
सिरहा – सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय कमलेश कुमार साफी र सोही स्थानका ३२ वर्षीय सन्तोष यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, सोमबार बिहान सिरहा–२ स्थित छोट्की टोलमा प्रदेश नम्बर ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागु औषध सहित नियन्त्रणमा लिइएको हो। जाँचको क्रममा उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार, पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित हिरासतमा राखिएको छ र थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।
यस प्रकारको लागूऔषधको कारोबार रोक्नका लागि सिरहा प्रहरीले निरन्तर कार्रवाई गरिरहेको छ र यस गतिविधिलाई उच्च प्राथमिकता दिएको छ। यसले स्थानीय जनताको सुरक्षाका साथै सुरक्षा वातावरणलाई सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






