singel post top banner

सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, फाल्गुन १८, २०८१
216 Views
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
समाचार सारांश
  • रत्ननगर, फागुन १८ ।
  • सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाको बार्षिक समीक्षा तथा योजना निर्माण सम्बन्धी कार्यशाला गरेको छ ।

रत्ननगर, फागुन १८ । सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाको बार्षिक समीक्षा तथा योजना निर्माण सम्बन्धी कार्यशाला गरेको छ ।

गरिवी निवारणलाई सिरानीमा राखेर विभिन्न ११ वटा परियोजना सञ्चालन गरेको सपना भिलेजले सन २०२४ मा गरेका कामहरुको समीक्षा गर्दै सन २०२५ मा गर्ने कामहरुको योजना निर्माणको बारेमा छलफल गरेको हो ।

सपना भिलेजले सीमान्तकृत चेपाङ तथा मुसहर समुदायको जीवन स्तर उकास्न संरक्षण, जीविकोपार्जन र आयआर्जन, युवा स्वरोगजार, विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्य, बाताबरण संरक्षण, सीप विकास, कृषि उत्पादनलाई प्राथमिकता दिएर परियोजना सञ्चालन भइरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

चेपाङ बस्तीमा आयआर्जन, जीविकोपार्जन र शिक्षामा गरेको कामको उपलब्धिको बारेमा समीक्षा गर्दै विपन्न बस्तीमा वितरण गरिएको सुधारिएको चुलोको प्रभावकारीको विषयमा समेत छलफल गरिएको छ ।

विषय विज्ञको रुपमा रहेका सपना भिलेज सोसियल इम्प्याक्टका सञ्चालक सदस्यहरुले परियोजनाले गर्ने काम र त्यसको उपलब्धिको विषयमा जानकारी गराउदै सन २०२४ मा गर्ने कामहरुको विषयमा सुझाब समेत दिएका छन् । विषय विज्ञहरुबाट आएका कुराहरुलाई लिपीबद्ध गरी आगामी आर्थिक बर्षको लागि योजना निर्माण गर्ने इम्प्याक्टका अध्यक्ष गिरीले बताए ।

दुई दिन सम्म सञ्चालन भएको बार्षिक समीक्षा तथा योजना निर्माण सम्बन्धी कार्यशालामा सञ्चालक सदस्यहरु नारायण वन, डा.कृष्णप्रसाद पौडेल, सजनराम भण्डारी, संजिता भण्डारी, बर्षा पुरी, अजितमान प्रधान सहित ११ वटा परियोजनामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा फिल्ड सहजकर्ता अमृता पुरीलाई सम्मान गरिएको कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली संसद् निर्वाचन: १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न
नेपाली संसद् निर्वाचन: १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न
ढल्केवर बजारमा विद्युत् तथा सञ्चारका तार भूमिगत गर्न माग, सौन्दर्य र सुरक्षा सुधारको आवश्यकता
ढल्केवर बजारमा विद्युत् तथा सञ्चारका तार भूमिगत गर्न माग, सौन्दर्य र सुरक्षा सुधारको आवश्यकता
नेपालभर मनसुनी वायुको प्रभाव, भारी वर्षा र चट्याङको सम्भावना – मौसम पूर्वानुमान
नेपालभर मनसुनी वायुको प्रभाव, भारी वर्षा र चट्याङको सम्भावना – मौसम पूर्वानुमान
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल प्रहरीमा स्वचालित मूल्यांकन प्रणाली लागू, कामकाजको पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कनको नयाँ युग
नेपाल प्रहरीमा स्वचालित मूल्यांकन प्रणाली लागू, कामकाजको पारदर्शी र वस्तुनिष्ठ मूल्याङ्कनको नयाँ युग
उदयपुरमा गाँजासहित दुईजना पक्राउ, जिपबाट ७५० किलो गाँजा बरामद
उदयपुरमा गाँजासहित दुईजना पक्राउ, जिपबाट ७५० किलो गाँजा बरामद
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक, समावेशिता र आचारसंहितामा कडाइ
निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक, समावेशिता र आचारसंहितामा कडाइ
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
नेपाल प्रहरीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि तयारी गरेको छ; प्रहरी प्रवक्ता काफ्ले
नेपाल प्रहरीले निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचनका लागि तयारी गरेको छ; प्रहरी प्रवक्ता काफ्ले
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?