singel post top banner

डोल्पा कारागारबाट फरार आठमध्ये चार पक्राउ, चार जना अझै फरार

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १९, २०८३
21 Views
डोल्पा कारागारबाट फरार आठमध्ये चार पक्राउ, चार जना अझै फरार
समाचार सारांश
  • सुर्खेत ।
  • डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दीमध्ये चार जना पक्राउ परेका छन्।

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दीमध्ये चार जना पक्राउ परेका छन्। मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाबाट थप दुई जना पक्राउ परेका हुन्। अझै चार जना फरार छन्।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार बुधबार बिहान ३ बजे त्रिपुरासुन्दरी नगरपालिका–४ बाट कालिप्रसाद रोकाय र कपिल परियार पक्राउ परेका हुन्। रोकाय त्रिपुरासुन्दरी नगरपालिका–७ का हुन् भने परियार जाजरकोटको नलगाड नगरपालिका–९ का हुन्।

यसअघि मंगलबार रुकुम पश्चिमबाट रामबहादुर विक र रेशम राना पक्राउ परेका थिए। आठबिसकोट नगरपालिका–१० का विक र सल्यानको कुमाख गाउँपालिका–५ का राना पक्राउ परेको प्रहरीले जनाएको छ।

फरार रहेकामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी छन्।

गत कात्तिक १४ गते राति कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। उनीहरूको खोजी र पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
दार्चुलामा फरार महिला र पुरुष करणी मुद्दामा ९ वर्षपछि पक्राउ
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुईको मृत्यु, आठ जना गम्भीर घाइते
अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुईको मृत्यु, आठ जना गम्भीर घाइते
प्रदेश प्रमुखको कार्यशैलीप्रति सोनलको गम्भीर टिप्पणी: ‘आमाभित्रको पुतना’ निस्किनुभएको
प्रदेश प्रमुखको कार्यशैलीप्रति सोनलको गम्भीर टिप्पणी: ‘आमाभित्रको पुतना’ निस्किनुभएको
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
सिरहा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कडाइ, १५.५ लाख रुपैयाँको अवैध सामान जफत
विदेशमन्त्रीको आदेशमा वैदेशिक रोजगार विभागले स्वीकृतिविना ३९ म्यानपावरलाई जरिबाना
विदेशमन्त्रीको आदेशमा वैदेशिक रोजगार विभागले स्वीकृतिविना ३९ म्यानपावरलाई जरिबाना
सुर्खेतमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५९ वर्षीय व्यक्ति पक्राउ
सुर्खेतमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५९ वर्षीय व्यक्ति पक्राउ
दाङका सामुदायिक वन र झाडीबाट १४ नाल अवैध भरुवा बन्दुक बरामद
दाङका सामुदायिक वन र झाडीबाट १४ नाल अवैध भरुवा बन्दुक बरामद
भारतको ‘र्‍याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ
भारतको ‘र्‍याट माइनर्स’ टोली नेपालमा बाढी पीडितहरूको उद्धारका लागि आउन चाहन्छ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?