singel post top banner

सिरहामा २५ हजार ५ सय रुपैयाँका नक्कली नोटसहित दुई जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक १५, २०८३
8 Views
सिरहामा २५ हजार ५ सय रुपैयाँका नक्कली नोटसहित दुई जना पक्राउ
समाचार सारांश
  • सिरहा ।
  • सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्।

सिरहा । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका दुई जनालाई प्रहरीले जाँच गरेको थियो।

प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले शंकास्पद लागेपछि उनीहरूको जाँच गरेको थियो। त्यसक्रममा कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँको साथबाट नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० रुपैयाँ दरका तीन थान र १ हजार रुपैयाँ दरका २४ थान गरी २७ थान नोट बरामद भएका छन्। बरामद नोटको कुल मूल्य २५ हजार ५ सय रुपैयाँ रहेको छ। दुवै जनालाई बरामद नोटसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
गाजामा मानवीय संकट: क्यानडा, बेलायतसहित १० देशको चिन्ता, तत्काल सहयोगको माग
गाजामा मानवीय संकट: क्यानडा, बेलायतसहित १० देशको चिन्ता, तत्काल सहयोगको माग
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
सर्लाहीमा प्रहरीले १०३ किलो गाँजा सहित २ वटा एम्बुलेन्स नियन्त्रणमा लिए
प्रहरी हिरासतमा रहेकामा युवकको मृत्यु: काभ्रे मंगलटार प्रहरी कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिए
प्रहरी हिरासतमा रहेकामा युवकको मृत्यु: काभ्रे मंगलटार प्रहरी कार्यालयमा झुन्डिएको अवस्थामा मृत भेटिए
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
बलियो दलले मात्रै लोकतन्त्रलाई सबल बनाउन सक्छ; एमाले महासचिव पोखरेल
काठमाडौँ र आसपासका क्षेत्रमा आत्मदाहका प्रयास र घटनाको विस्तृत रिपोर्ट
काठमाडौँ र आसपासका क्षेत्रमा आत्मदाहका प्रयास र घटनाको विस्तृत रिपोर्ट
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?