singel post top banner

३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, बैशाख २, २०८२
187 Views
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
समाचार सारांश
  • रत्ननगर, बैशाख २ ।
  • ३०औं वन्यजन्तु सप्ताह २०८२ को दोस्रो दिन मंगलवार पूर्वपश्चिम राजमार्गको टिकौली जंगल अन्तर्गत पर्ने जैविक राजमार्ग सरसफाई गरिएको छ ।

रत्ननगर, बैशाख २ । ३०औं वन्यजन्तु सप्ताह २०८२ को दोस्रो दिन मंगलवार पूर्वपश्चिम राजमार्गको टिकौली जंगल अन्तर्गत पर्ने जैविक राजमार्ग सरसफाई गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समिति, टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा रत्ननगर वडा नं ९ र १० अन्तर्गत पर्ने वरण्डाभार क्षेत्रको जैविक राजमार्ग सरसफाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अनन्त अधिकारीले टिकौली जंगलदेखि गोन्द्रङ सम्मको क्षेत्र वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग रहेको भन्दै यस क्षेत्रमा फोहोर फाल्नेले कानुन वमोजिक कारबाही हुने बताए । वन्यजन्तु ओहोर दोहोर गर्ने, पर्यटक आउँने जाने र हेर्ने भएकाले राजमार्ग छेउछाउमा फालेको फोहोरले सोभा नदिने बताए ।

कार्यक्रमको उद्घाटन गरेलगतै संरक्षणकर्मी र सुरक्षाकर्मीहरुले वरण्डाभार क्षेत्रको राजमार्ग छेउछाउ सरसफाई गरेका थिए । कार्यक्रममा सहभागी संरक्षणकर्मी, जनप्रतिनिधि तथा सरसफाई अभियान्ताहरुले राजमार्गको वरिपरी जथाभावी फालेका प्लाष्टिक र सिसा जन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो ।

सो अवसरमा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले मानिसहरुले आफ्नो आनिबानिमा सुधार गर्न सकेमा फोहोर कम हुने बताए । टिकौलीमा हुने फोहोरले दुर्लभ वन्यजन्तुमा गम्भीर असर परेको भन्दै उनले जनस्तरमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए ।

घिमिरेले टिकौली जंगलमा जथाभावि फालेको फोहोरले वन्यजन्तुलाई गम्भीर असर परेको भन्दै जैविका विविधताको संरक्षणको लागि सरसफाई गरिएको बताए ।
उनले सप्ताहमा संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने प्रकृतिका कार्यक्रमहरु आयोजना गरिएको बताए ।

वनका उपाध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समितिकी सदस्य बिन्दा कार्की, सरस्वती लामा, समुदायमा आधारित चोरी शिकार नियन्त्र युवा जागरण अभियानका अध्यक्ष बसन्त राना मगर, सामाजिक तथा सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, नेपाली सेना लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन टिकौली मध्यवर्ती सामुादायिक वनका सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए ।

बैशाख ३ गते चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानीः घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया, ४ गते बुढीराप्ती खोला सरसफाई र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

पर्यटन विकास, वातावरण संरक्षण, वन तथा वन्यजन्तु संरक्षण, पत्रकारिता र सामुदायिक वनमा उत्कृष्ट कार्य गर्ने कार्यालय सचिवलाई सम्मान गरिने छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
जनकपुरधामको नयाँ सभामुख: रामआशिष यादवको उत्क्रमण र राजनीतिक यात्रा
जनकपुरधामको नयाँ सभामुख: रामआशिष यादवको उत्क्रमण र राजनीतिक यात्रा
बारा बाट ४४ ग्राम खैरो ब्राउन सुगरसहित दुई महिला पक्राउ
बारा बाट ४४ ग्राम खैरो ब्राउन सुगरसहित दुई महिला पक्राउ
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो लुम्बिनी न्युज फेस्टिबल आजदेखि आयोजना
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो लुम्बिनी न्युज फेस्टिबल आजदेखि आयोजना
निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
आजको नेपाली पञ्चाङ्ग, राशिफल र शुभअवसरहरू – महाशिवरात्रि व्रत विशेष
आजको नेपाली पञ्चाङ्ग, राशिफल र शुभअवसरहरू – महाशिवरात्रि व्रत विशेष
कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको अनुदान र प्रविधि सहयोगले व्यावसायिक कृषिमा क्रान्ति
कञ्चनपुरमा कृषि ज्ञान केन्द्रको अनुदान र प्रविधि सहयोगले व्यावसायिक कृषिमा क्रान्ति
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?