singel post top banner

३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, बैशाख २, २०८२
225 Views
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
समाचार सारांश
  • रत्ननगर, बैशाख २ ।
  • ३०औं वन्यजन्तु सप्ताह २०८२ को दोस्रो दिन मंगलवार पूर्वपश्चिम राजमार्गको टिकौली जंगल अन्तर्गत पर्ने जैविक राजमार्ग सरसफाई गरिएको छ ।

रत्ननगर, बैशाख २ । ३०औं वन्यजन्तु सप्ताह २०८२ को दोस्रो दिन मंगलवार पूर्वपश्चिम राजमार्गको टिकौली जंगल अन्तर्गत पर्ने जैविक राजमार्ग सरसफाई गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समिति, टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा रत्ननगर वडा नं ९ र १० अन्तर्गत पर्ने वरण्डाभार क्षेत्रको जैविक राजमार्ग सरसफाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अनन्त अधिकारीले टिकौली जंगलदेखि गोन्द्रङ सम्मको क्षेत्र वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग रहेको भन्दै यस क्षेत्रमा फोहोर फाल्नेले कानुन वमोजिक कारबाही हुने बताए । वन्यजन्तु ओहोर दोहोर गर्ने, पर्यटक आउँने जाने र हेर्ने भएकाले राजमार्ग छेउछाउमा फालेको फोहोरले सोभा नदिने बताए ।

कार्यक्रमको उद्घाटन गरेलगतै संरक्षणकर्मी र सुरक्षाकर्मीहरुले वरण्डाभार क्षेत्रको राजमार्ग छेउछाउ सरसफाई गरेका थिए । कार्यक्रममा सहभागी संरक्षणकर्मी, जनप्रतिनिधि तथा सरसफाई अभियान्ताहरुले राजमार्गको वरिपरी जथाभावी फालेका प्लाष्टिक र सिसा जन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो ।

सो अवसरमा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले मानिसहरुले आफ्नो आनिबानिमा सुधार गर्न सकेमा फोहोर कम हुने बताए । टिकौलीमा हुने फोहोरले दुर्लभ वन्यजन्तुमा गम्भीर असर परेको भन्दै उनले जनस्तरमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए ।

घिमिरेले टिकौली जंगलमा जथाभावि फालेको फोहोरले वन्यजन्तुलाई गम्भीर असर परेको भन्दै जैविका विविधताको संरक्षणको लागि सरसफाई गरिएको बताए ।
उनले सप्ताहमा संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने प्रकृतिका कार्यक्रमहरु आयोजना गरिएको बताए ।

वनका उपाध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समितिकी सदस्य बिन्दा कार्की, सरस्वती लामा, समुदायमा आधारित चोरी शिकार नियन्त्र युवा जागरण अभियानका अध्यक्ष बसन्त राना मगर, सामाजिक तथा सरसफाई अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, नेपाली सेना लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन टिकौली मध्यवर्ती सामुादायिक वनका सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए ।

बैशाख ३ गते चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानीः घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया, ४ गते बुढीराप्ती खोला सरसफाई र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।

पर्यटन विकास, वातावरण संरक्षण, वन तथा वन्यजन्तु संरक्षण, पत्रकारिता र सामुदायिक वनमा उत्कृष्ट कार्य गर्ने कार्यालय सचिवलाई सम्मान गरिने छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
अमेरिका-इरान तनाव पुनः चर्किँदै, मिसाइल आक्रमण र सैन्य गतिविधि बढ्दै
अमेरिका-इरान तनाव पुनः चर्किँदै, मिसाइल आक्रमण र सैन्य गतिविधि बढ्दै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति
जनकपुरधाममा हिन्दू मोर्चा र सरकारले पुनः वार्ता, १८ बुँदामा सहमति
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
बाल सुधार गृह सुधारका लागि कानुनी र संरचनात्मक कदमहरू: वर्तमान अवस्था र आगामी योजनाहरू
महिला मतदाता संख्या कम हुनुको कारण अध्ययन गर्ने निर्वाचन आयोग
महिला मतदाता संख्या कम हुनुको कारण अध्ययन गर्ने निर्वाचन आयोग
बागलुङमा बाढीपहिरोमा १२ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीपहिरोमा १२ जनाको मृत्यु, एक जना बेपत्ता
मधेसमा एमाले विवाद र सरकार परिवर्तनका पछिका जटिल परिस्थिति; मुख्यमन्त्री नियुक्ति र सम्बन्ध सुधार प्रयासहरू विवादित
मधेसमा एमाले विवाद र सरकार परिवर्तनका पछिका जटिल परिस्थिति; मुख्यमन्त्री नियुक्ति र सम्बन्ध सुधार प्रयासहरू विवादित
डीडीसीले नयाँ दूध संकलन नीति घोषणा, सहकारी र निजी फार्मलाई समयसीमा कायम गर्न आग्रह
डीडीसीले नयाँ दूध संकलन नीति घोषणा, सहकारी र निजी फार्मलाई समयसीमा कायम गर्न आग्रह
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिने कारणले राजीनामा
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले उम्मेदवारी दिने कारणले राजीनामा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?