singel post top banner

कोप–३१ मा हिमाली समस्या, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिने नेपालको तयारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक १३, २०८३
17 Views
कोप–३१ मा हिमाली समस्या, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिने नेपालको तयारी
समाचार सारांश
  • काठमाडौं ।
  • परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ मा बोल्दै उनले जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणालीमा पारेको असर नेपालका लागि मात्र नभई विश्वव्यापी चुनौती भएको बताए । हिमाली पारिस्थितिक प्रणालीको स्थिरता पानी, खाद्य सुरक्षा, ऊर्जा र अर्थतन्त्रसँग जोडिएकाले यसको संरक्षण राष्ट्रिय हितका साथै साझा अन्तर्राष्ट्रिय जिम्मेवारीसमेत भएको उनको भनाइ थियो ।

गत अगस्ट २६ मा भोटेकोशी करिडोरमा आएको विनाशकारी बाढीपछि करिब छ साताभित्र नेपालका तीन नदी करिडोरमा बाढीपहिरोका ठूला घटना भएको मन्त्री खनालले उल्लेख गरे । ती विपद्ले जनधन, पूर्वाधार, जीविकोपार्जन र अर्थतन्त्रमा गम्भीर क्षति पुर्‍याएको उनले बताए ।

खनालका अनुसार अगस्टमा भएका विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्रारम्भिक आकलनमा करिब ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ । यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर हो । विपद्ले परिवारको जीवन, समुदायको पुनर्निर्माण र वर्षौँका विकास उपलब्धिसमेत जोखिममा पारेको उनले बताए ।

कोप–३१ का चार प्राथमिकता

मन्त्री खनालले कोप–३१ मा नेपालले चार प्रमुख प्राथमिकता अघि सार्ने बताए । पहिलो, अन्तर्राष्ट्रिय जलवायु वार्तामा हिमाली क्षेत्रका मुद्दालाई उच्च प्राथमिकता दिलाउनु हो ।

पेरिस सम्झौताले तय गरेको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य हिमाली मुलुकका लागि विशेष महत्त्वपूर्ण रहेको उनले बताए । तापक्रम अस्थायी रूपमा भए पनि उक्त सीमाभन्दा माथि पुगे हिमनदी पग्लिने क्रम तीव्र हुने र संवेदनशील पारिस्थितिक प्रणालीमा अपूरणीय क्षति पुग्ने जोखिम रहेको उनको भनाइ थियो ।

नेपालले सन् २०२४ मा आयोजना गरेको ‘इन्टरनेसनल एक्सपर्ट डाइलग अन माउन्टेन्स, पिपुल एन्ड क्लाइमेट चेन्ज’ र सन् २०२५ को सगरमाथा संवादबाट अघि बढाएका पहललाई निरन्तरता दिँदै कोप–३१ मा हिमालसम्बन्धी नियमित उच्चस्तरीय संवाद, छुट्टै हिमाल कार्ययोजना र विश्वव्यापी जलवायु संरचनामा हिमाली क्षेत्रका जोखिम समेट्न पैरवी गर्ने उनले बताए । सन् २०२७ मा हुने सगरमाथा संवादमा पनि यो विषयलाई निरन्तरता दिइनेछ ।

दोस्रो प्राथमिकता जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधनलाई अन्तर्राष्ट्रिय ऐक्यबद्धताको प्रमुख मापदण्डका रूपमा स्थापित गर्नु रहेको खनालले बताए । विपद्बाट हुने आर्थिक क्षतिसँगै समुदायको विस्थापन, सांस्कृतिक सम्पदाको क्षय र परम्परागत जीविकोपार्जनमा पर्ने असरलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले जोड दिए ।

हानि तथा नोक्सानी सम्बोधनसम्बन्धी कोषबाट नेपालका लागि २ करोड अमेरिकी डलर विनियोजन गर्न प्रारम्भिक सहमति भएको र नेपाल यस्तो विनियोजन पाउने पहिलो देश बनेको मन्त्री खनालले दाबी गरे । तर, रकमको विवरण र विनियोजनको आधिकारिक अवस्थाबारे थप पुष्टि आवश्यक रहेको उनले बताए । जलवायु वित्तमा पर्याप्त स्रोत, सरल पहुँच र समयमै भुक्तानी सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३.०) अनुसार सन् २०२५ देखि २०३५ सम्म अनुकूलनका लागि करिब १८ देखि २० अर्ब अमेरिकी डलर आवश्यक पर्ने खनालले जानकारी दिए ।

चौथो प्राथमिकताका रूपमा उनले जलवायु न्यायलाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताए । विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनबाट नेपालले ठूलो क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो । वन, हिमनदी र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणमार्फत नेपालले विश्वव्यापी पर्यावरणीय स्थिरतामा योगदान गरिरहेको उनले बताए ।

जलवायु परिवर्तनसम्बन्धी निर्णय प्रक्रियामा महिला, बालबालिका, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि खनालले जोड दिए ।

जलवायु परिवर्तन नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण विषय बनेको उल्लेख गर्दै उनले द्विपक्षीय कूटनीति, क्षेत्रीय साझेदारी र बहुपक्षीय सहकार्यमार्फत नेपालको जलवायु प्राथमिकता अघि बढाइने बताए । नेपालको कूटनीतिक नियोगले अन्तर्राष्ट्रिय साझेदारी परिचालन, प्रविधिगत सहकार्य विस्तार र जलवायु सङ्कटबारे नेपालको आवाज विश्वमञ्चमा पुर्‍याउन काम गर्ने उनको भनाइ थियो ।

हिमालय र प्रशान्त महासागर एउटै विश्वव्यापी जलवायु प्रणालीबाट जोडिएको उल्लेख गर्दै खनालले हिमनदी पग्लिँदाको प्रभाव नदी प्रणाली, कृषि क्षेत्र र तटीय समुदायसम्म पुग्ने बताए । यस अन्तरसम्बन्धले ‘सगरमाथादेखि समुद्रसम्म’ भन्ने अवधारणाको महत्त्व थप स्पष्ट पारेको उनले बताए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा सहित दुई व्यक्ति र मोटरसाइकल नियन्त्रणमा
महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा सहित दुई व्यक्ति र मोटरसाइकल नियन्त्रणमा
श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर: प्रभावित समुदायलाई न्याय दिन माग
श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर: प्रभावित समुदायलाई न्याय दिन माग
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
विराटनगरमा विद्यालय पोशाककी युवतीमाथि अभद्र व्यवहार गर्ने दुई पुरुष पक्राउ
विराटनगरमा विद्यालय पोशाककी युवतीमाथि अभद्र व्यवहार गर्ने दुई पुरुष पक्राउ
सिड्नी विमानस्थलमा शुक्रबार सुरक्षा कर्मचारीको हडताल, यात्रुलाई अतिरिक्त समय छुट्याउन सुझाव
सिड्नी विमानस्थलमा शुक्रबार सुरक्षा कर्मचारीको हडताल, यात्रुलाई अतिरिक्त समय छुट्याउन सुझाव
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
गगन थापाले नेपाली कांग्रेसलाई भोट हाल्ने आग्रह गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धता व्यक्त गरे
सर्वोच्चले निर्वाचन आयोगलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन गर्न पत्राचार गर्न आदेश
सर्वोच्चले निर्वाचन आयोगलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन गर्न पत्राचार गर्न आदेश
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?