singel post top banner

कवि वीरेन्द्र कुमार सिंहद्वारा दुर्गा मन्दिरमा मूर्ति दान

belwo post title ad banner
विजय सिंह विजय सिंह
बिहिबार, कार्तिक १३, २०८३
120 Views
कवि वीरेन्द्र कुमार सिंहद्वारा दुर्गा मन्दिरमा मूर्ति दान
समाचार सारांश
  • लालपुर, सिरहा।
  • सिरहाको अर्नमा गाउँपालिका–३ स्थित लालपुर चोकमा रहेको दुर्गा मन्दिरमा माता दुर्गाको ५.

लालपुर, सिरहा। सिरहाको अर्नमा गाउँपालिका–३ स्थित लालपुर चोकमा रहेको दुर्गा मन्दिरमा माता दुर्गाको ५.३ फिट अग्लो संगमरमरको मूर्ति स्थापना गरिएको छ। स्थानीय बासिन्दा एवं कवि वीरेन्द्र कुमार सिंहले भारतको राजस्थानबाट ल्याइएको उक्त मूर्ति मन्दिरलाई दान गरेका हुन्। मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा सिंह दम्पतीको सहभागितामा सम्पन्न भएको हो।

वि.सं. २०८३ साल असोज २५ गते घटस्थापनाका दिनदेखि सुरु भएको धार्मिक अनुष्ठानअन्तर्गत दस दिनसम्म दसैँ पूजापाठ सञ्चालन गरिएको थियो। श्री श्री १०८ श्री रामहित दास बाबाले माता दुर्गाको मूर्तिको प्राणप्रतिष्ठा गराउनुभएको थियो भने कलश यात्रा तथा पूजनको विधि श्री सिया शरण महतोले सम्पन्न गराउनुभएको थियो। त्यसैगरी, दस दिनसम्म चलेको दसैँ पूजापाठ श्री अरुण झाले सम्पन्न गराउनुभएको थियो।

धार्मिक अनुष्ठानमा स्थानीय समाजसेवी, बुद्धिजीवी, युवावर्ग, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता तथा साधुसन्तहरूको उल्लेख्य सहभागिता रहेको थियो। कतारको दोहास्थित मधेसी एकता समाजका तत्कालीन अध्यक्ष शिवकुमार महतोलगायत संस्थासँग आबद्ध बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो। विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको आयोजक पक्षले जनाएको छ।

यसैबीच, लालपुर चोकमा रहेको हनुमान तथा रामजानकी मन्दिरमा पनि धार्मिक गतिविधि अघि बढाइएको छ। हनुमान आराधना मण्डलीका महन्थ चन्देश्वर यादवले भारतको राजस्थानबाट भगवान् श्रीराम, लक्ष्मण र माता सीताका मूर्तिहरू ल्याउनुभएको छ। रामदरबारका रूपमा रहेका ती मूर्तिहरूको प्राणप्रतिष्ठा आगामी पुस पूर्णिमाका दिन गर्ने सम्भावना रहेको जनाइएको छ। यद्यपि, प्राणप्रतिष्ठाको मिति औपचारिक रूपमा तय हुन बाँकी छ।

लालपुर चोकमा धार्मिक स्थलहरूको विकास, मूर्ति स्थापना तथा पूजापाठजस्ता गतिविधिले स्थानीय धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। स्थानीय बासिन्दा, समाजसेवी तथा विदेशमा रहेका नेपाली र मधेसी समुदायका व्यक्तिहरूको सहभागिताले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सामूहिक प्रयासको महत्त्वसमेत उजागर गरेको छ।

स्थानीय स्तरमा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गैरदलित युवतीसँग प्रेम विवाह: बिना उजुरी युवक प्रहरी थुनामा
गैरदलित युवतीसँग प्रेम विवाह: बिना उजुरी युवक प्रहरी थुनामा
पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत
पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
जाजरकोटमा पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दै, मृतक र बेपत्ता अझै खोजी जारी
जाजरकोटमा पहिरोले ज्यान गुमाउनेको संख्या बढ्दै, मृतक र बेपत्ता अझै खोजी जारी
नेपाल अझै ‘ग्रे लिस्ट’ मा, सुधारका प्रयास जारी पनि अपर्याप्त: एफएटीएफको रिपोर्ट।
नेपाल अझै ‘ग्रे लिस्ट’ मा, सुधारका प्रयास जारी पनि अपर्याप्त: एफएटीएफको रिपोर्ट।
लहान दुर्गा मन्दिरमा हवाई फायरिङ र पशुबलि, प्रहरीको भूमिकाबारे स्पष्टता माग
लहान दुर्गा मन्दिरमा हवाई फायरिङ र पशुबलि, प्रहरीको भूमिकाबारे स्पष्टता माग
आज पनि सुनचाँदीको मूल्य नयाँ उच्चतम स्तर तर्फ
आज पनि सुनचाँदीको मूल्य नयाँ उच्चतम स्तर तर्फ
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने, दीर्घकालीन निक्षेप उपकरण जारी
नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्ने, दीर्घकालीन निक्षेप उपकरण जारी
रत्नपार्क–भक्तपुर मेट्रो रेल: सन् २०४० सम्म सञ्चालन गर्ने गुरुयोजनाको लक्ष्य
रत्नपार्क–भक्तपुर मेट्रो रेल: सन् २०४० सम्म सञ्चालन गर्ने गुरुयोजनाको लक्ष्य
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?