एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
- काठमाडौं ।
- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत ललितपुरमा बयान दिएका छन्।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत ललितपुरमा बयान दिएका छन्।
जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैको बयान सकिएको छ। अब मुद्दामा बहस सुरु हुनेछ। ‘उहाँहरूको बयान सकियो। अब बहस सुरु हुन्छ,’ कार्कीले अनलाइनखबरसँग भने।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेम्वाङ, राई, एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो। यसअघि जोशी र पाण्डे धरौटीमा रिहा भएका थिए। नेम्वाङ र राई भने अदालतमा उपस्थित भएका थिएनन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






