singel post top banner

खोटाङमा दशैंमा माइती जाने ६४२ चेलीले पाए निःशुल्क मोटरसाइकल सेवा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, कार्तिक ८, २०८३
34 Views
खोटाङमा दशैंमा माइती जाने ६४२ चेलीले पाए निःशुल्क मोटरसाइकल सेवा
समाचार सारांश
  • खोटाङ — दशैंमा माइतीघर जाने–आउने क्रममा खोटाङका ६४२ छोरीचेलीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्।
  • युवाहरूको समूहले सञ्चालन गरेको ‘दशैं–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत चार दिनमा उनीहरूलाई सेवा दिइएको कार्यक्रम संयोजक सञ्जयकुमार राईले बताए।

खोटाङ — दशैंमा माइतीघर जाने–आउने क्रममा खोटाङका ६४२ छोरीचेलीले निःशुल्क मोटरसाइकल सेवा पाएका छन्। युवाहरूको समूहले सञ्चालन गरेको ‘दशैं–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत चार दिनमा उनीहरूलाई सेवा दिइएको कार्यक्रम संयोजक सञ्जयकुमार राईले बताए।

राईका अनुसार कात्तिक ३ गते ५० जना, ४ गते ११० जना, ५ गते २५२ जना र ६ गते २३० जना चेलीले सेवा लिएका थिए। अभियानको तेस्रो संस्करणमा ५० जना राइडर खटिएका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपाका वडाध्यक्ष दानबहादुर राई पनि राइडरका रूपमा सहभागी भएका थिए।

माइतीघर जाने–आउने क्रममा निःशुल्क मोटरसाइकल सेवा पाउँदा चेलीहरू खुसी भएका छन्। अभियानले आउँदो तिहारमा पनि कात्तिक २४ देखि २६ गतेसम्म सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाहरूले २०८१ सालदेखि यो अभियान सुरु गरेका हुन्। गाडी नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका वा भाडा तिरेर यात्रा गर्न नसक्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी सेवा दिइँदै आएको संयोजक राईले बताए।

अभियानअन्तर्गत दिक्तेलबाट ३५ किलोमिटर दूरीसम्म निःशुल्क मोटरसाइकल सेवा उपलब्ध गराइन्छ। यात्राका लागि प्रयोग हुने मोटरसाइकलमा इन्धनको व्यवस्था सहयोग जुटाएर गरिन्छ। राईका अनुसार अभियानले २०८१ सालमा ३४५ जना र २०८२ सालमा करिब ७०० जनालाई सेवा दिएको थियो।

सरकारी सेवा–सुविधा प्राप्त गर्ने, बहालवाला जनप्रतिनिधि तथा घरमै सवारीसाधन भएका व्यक्तिहरू भने यो सेवाका लागि योग्य हुने छैनन्। दशैंको टीका र भाइटीका मनाउन माइती जाने चेलीलाई लक्षित गरी सुरु गरिएको यो सामाजिक अभियान संखुवासभामा पनि विस्तार भएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चितवनभरि सिसी क्यामेरा जडान, भरतपुर महानगरपालिकाको सुरक्षित सहर निर्माणको अभियान तीव्र
चितवनभरि सिसी क्यामेरा जडान, भरतपुर महानगरपालिकाको सुरक्षित सहर निर्माणको अभियान तीव्र
पोखरा-दुबई नियमित उडान सफल र दिगो बनाउन नेपाल-यूएई बीच छलफल
पोखरा-दुबई नियमित उडान सफल र दिगो बनाउन नेपाल-यूएई बीच छलफल
विराटनगरको दरैयामा एसएसबीद्वारा नेपाली युवक कुटिए
विराटनगरको दरैयामा एसएसबीद्वारा नेपाली युवक कुटिए
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
बिहीबारदेखिको अविरल वर्षाले मेची राजमार्ग अझै पनि बन्द, यात्री र सवारी साधन प्रभावित
बिहीबारदेखिको अविरल वर्षाले मेची राजमार्ग अझै पनि बन्द, यात्री र सवारी साधन प्रभावित
महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद
महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद
‘ब्याटल अफ गलवान’ लाई लिएर चीनमा चर्को विवाद: बलिउड फिल्मको ऐतिहासिक चित्रणमाथि प्रश्न
‘ब्याटल अफ गलवान’ लाई लिएर चीनमा चर्को विवाद: बलिउड फिल्मको ऐतिहासिक चित्रणमाथि प्रश्न
बंगलादेशमा नयाँ प्रधानमन्त्री तारिक रहमान, १६ महिनापछि निर्वाचित सरकारको सत्ता हस्तान्तरण
बंगलादेशमा नयाँ प्रधानमन्त्री तारिक रहमान, १६ महिनापछि निर्वाचित सरकारको सत्ता हस्तान्तरण
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता प्रवेश, उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने आशा
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता प्रवेश, उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने आशा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?