singel post top banner

नवराजपुरका शिवदेव साहले निराहार उपवाससहित सम्पन्न गरे नवरात्र, नौ कुमारी कन्याको पूजा

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, कार्तिक ४, २०८३
93 Views
नवराजपुरका शिवदेव साहले निराहार उपवाससहित सम्पन्न गरे नवरात्र, नौ कुमारी कन्याको पूजा
समाचार सारांश
  • महेश सिंह, लहान सिरहा– विश्व हिन्दु परिषद् नेपालका सिरहा जिल्ला अध्यक्ष शिवदेव साहले विजयादशमीको घटस्थापनादेखि निराहार उपवास बसेर नवरात्र सम्पन्न गर्नुभएको छ।
  • सिरहाको नवराजपुर गाउँपालिका–नहरनियाँ निवासी साह धार्मिक आस्थासँगै सामाजिक चिन्तनमा सक्रिय रहँदै आउनुभएको छ।

महेश सिंह, लहान सिरहा– विश्व हिन्दु परिषद् नेपालका सिरहा जिल्ला अध्यक्ष शिवदेव साहले विजयादशमीको घटस्थापनादेखि निराहार उपवास बसेर नवरात्र सम्पन्न गर्नुभएको छ।

सिरहाको नवराजपुर गाउँपालिका–नहरनियाँ निवासी साह धार्मिक आस्थासँगै सामाजिक चिन्तनमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले समाजमा धार्मिक संस्कार, परम्परा र सामाजिक मूल्यमान्यताको संरक्षण तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न धार्मिक गतिविधिमा सहभागिता जनाउँदै आउनुभएको छ।

नवरात्रको अवसरमा अध्यक्ष साहले नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रमसमेत आयोजना गर्नुभएको छ। विश्व हिन्दु परिषद् नेपाल सिरहाको अध्यक्षको जिम्मेवारीमा रहेर परिषद्सँग आबद्ध विभिन्न समिति तथा सदस्यहरूलाई आमन्त्रण गरी उहाँले धार्मिक परम्पराअनुसार कुमारी कन्याहरूलाई भोजन गराउनुभएको हो।

कार्यक्रममा परिषद्का सिरहा जिल्ला कोषाध्यक्ष ज्ञानेन्द्रविक्रम यादव, पवन यादव, शिवराम यादव, शिक्षक लक्ष्मण यादवलगायतको सहभागिता रहेको थियो। अध्यक्ष साह र उहाँकी धर्मपत्नीले हिन्दु परम्पराअनुसार नौ जना कुमारी कन्यालाई वस्त्र, भोजन तथा दक्षिणा प्रदान गर्नुभएको थियो।

बुधबार पूजा–अर्चना गरी नवरात्र सम्पन्न गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो। धार्मिक आस्था, परम्परा र संस्कारको संरक्षण गर्ने उद्देश्यले कुमारी कन्या भोजन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभयो, सरकारको सिफारिस अनुसार मंगलबारदेखि लागू
राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभयो, सरकारको सिफारिस अनुसार मंगलबारदेखि लागू
सुर्खेतमा बाघको आक्रमणले ५७ वर्षीय महिलाको मृत्यु
सुर्खेतमा बाघको आक्रमणले ५७ वर्षीय महिलाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
भियतनामको मध्य क्षेत्रमा बाढी : मृत्यु ५५ पुग्यो, लाखौं घर र बाली डुबानमा
धादिङमा दुई बसको भीषण टक्करबाट, एक व्यक्तिको मृत्यु, घाइतेहरूको खोजी जारी
धादिङमा दुई बसको भीषण टक्करबाट, एक व्यक्तिको मृत्यु, घाइतेहरूको खोजी जारी
मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग
मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड, राजनीतिक अस्थिरता र चुनावी चुनौतीहरूबीच अन्तर्राष्ट्रिय ध्यानाकर्षण
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड, राजनीतिक अस्थिरता र चुनावी चुनौतीहरूबीच अन्तर्राष्ट्रिय ध्यानाकर्षण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?