एफक्यान रोड रेस सम्पन्न: ४७१ धावकको सहभागीता, आर्मीका राजन रोकाय र पूर्णलक्ष्मी न्यौपाने पहिलो
- काठमाडौँ।
- नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ निर्माण दिवसको अवसर पारेर शनिबार भव्य रूपमा एफक्यान रोड रेसको आयोजना गरेको छ।
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ निर्माण दिवसको अवसर पारेर शनिबार भव्य रूपमा एफक्यान रोड रेसको आयोजना गरेको छ। पहिलो पटक आयोजना गरिएको यो प्रतियोगितामा ४७१ धावकको उत्साहजनक सहभागिता रहेको महासङ्घले जनाएको छ। प्रतियोगितामा खुल्ला १० किलोमिटर, कर्पोरेट ५ किलोमिटर, स्कुल विद्यार्थी ५ किलोमिटर, र भेट्रान ५ किलोमिटर गरी विभिन्न समूहमा प्रतिस्पर्धा गराइएको थियो।
पुरुष खुला १० किमीमा राजन रोकाय पहिलो
पुरुष खुला १० किलोमिटर समूहमा त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलो बने। दोस्रो स्थानमा सञ्जय श्रेष्ठ (आर्मी) र तेस्रो स्थानमा तयाहाङ्ग राई (APF) रहे।
महिला खुला १० किमीमा पूर्णलक्ष्मी न्यौपाने विजेता
महिला खुला १० किलोमिटर प्रतिस्पर्धामा आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो भइन्। दोस्रो स्थानमा निशा सार्की, तेस्रोमा राज्यलक्ष्मी रावल रहिन्। खुला १० किमी भिडन्तमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः
रु २५,००० / रु १५,००० / रु १०,००० नगद पुरस्कार प्राप्त गरे।
कर्पोरेट तर्फ: रामचन्द्र श्रेष्ठ र सोनु घतानी विजयी
कर्पोरेट पुरुष वर्गमा
-
रामचन्द्र श्रेष्ठ – पहिलो
-
राकेश महर्जन – दोस्रो
-
सुशील कुमार श्रेष्ठ – तेस्रो
कर्पोरेट महिला तर्फ
-
सोनु घतानी – पहिलो
-
नगिना महर्जन – दोस्रो
-
रजिना दुलाल – तेस्रो
भेट्रान वर्गमा अन्तर्राष्ट्रिय सहभागीता
भेट्रान पुरुष समूहमा
-
धर्म महर्जन – पहिलो
-
अभिनारायण अधिकारी – दोस्रो
-
जापानका मिजुकी मात्सुजाकी – तेस्रो
भेट्रान महिला समूहमा
-
कल्पना महर्जन – पहिलो
-
सर्मिला बस्नेत – दोस्रो
-
चारु अर्याल – तेस्रो
विद्यार्थी समूह (५ किमी)
विद्यार्थी (छात्र)
-
हस्तबहादुर सुनार – पहिलो
-
अजय बी.के – दोस्रो
-
रञ्जित राउत – तेस्रो
विद्यार्थी (छात्रा)
-
भगवती खड्का – पहिलो
-
सर्मिला बी.के – दोस्रो
-
आयुष्मा आचार्य – तेस्रो
पुरस्कार
कर्पोरेट, विद्यार्थी र भेट्रान ५ किलोमिटर समूहका विजेताले क्रमशः
रु १०,००० / रु ६,००० / रु ४,००० प्राप्त गरे।
रेस रुट (१० किमी र ५ किमी)
१० किलोमिटर रेस रुट:
महासङ्घ सचिवालय → बिजुलीबजार पुल → नयाँ बानेश्वर → तीनकुने → सिनामंगल → एयरपोर्ट → तिलगंगा अस्पताल → पूर्व–निर्धारित रुटबाट फर्केर सचिवालयमा समाप्त
५ किलोमिटर रुट:
महासङ्घ सचिवालय → बिजुलीबजार पुल → नयाँ बानेश्वर → तीनकुने → फर्केर महासङ्घ सचिवालय
महासङ्घ अध्यक्ष रवी सिंहको भनाइ
महासङ्घका अध्यक्ष रवी सिंहले अबदेखि प्रत्येक वर्ष एफक्यान रोड रेसलाई नियमित रूपमा आयोजना गरिने घोषणा गरे। उनका अनुसार, यो पहिलो प्रतियोगितामै इटाली, चीन र जापानका धावकले समेत सहभागीता जनाएका थिए।
उद्घाटन
प्रतियोगिताको औपचारिक उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गरेका थिए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






