singel post top banner

एभरेस्ट डिजिटल लहानको दसैँ, तिहार र छठ अफर: विद्युतीय स्कुटरसहित आकर्षक उपहार र भारी छुट

belwo post title ad banner
महेश सिंह महेश सिंह
सोमबार, कार्तिक ३, २०८३
80 Views
एभरेस्ट डिजिटल लहानको दसैँ, तिहार र छठ अफर: विद्युतीय स्कुटरसहित आकर्षक उपहार र भारी छुट
समाचार सारांश
  • महेश सिंह,लहान सिरहा- सिरहाको लहान नगरपालिका–७ मा सञ्चालित एभरेस्ट डिजिटलले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा ग्राहकलाई लक्षित गरी विभिन्न छुट तथा आकर्षक उपहार योजना ल्याएको छ।
  • चाडपर्वका बेला ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘लक्की ड्र’ कुपन योजनाअन्तर्गत विद्युतीय स्कुटर, स्मार्ट घडी, इयरबड्सलगायतका उपहार राखिएको सञ्चालक धन्नजय गुप्ताले जानकारी दिनुभयो।

महेश सिंह,लहान सिरहा- सिरहाको लहान नगरपालिका–७ मा सञ्चालित एभरेस्ट डिजिटलले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा ग्राहकलाई लक्षित गरी विभिन्न छुट तथा आकर्षक उपहार योजना ल्याएको छ।

चाडपर्वका बेला ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘लक्की ड्र’ कुपन योजनाअन्तर्गत विद्युतीय स्कुटर, स्मार्ट घडी, इयरबड्सलगायतका उपहार राखिएको सञ्चालक धन्नजय गुप्ताले जानकारी दिनुभयो।

उहाँका अनुसार निश्चित रकमको खरिदमा ग्राहकले लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन्। योजनामा दैनिक उपहारका रूपमा टेलिभिजन, फ्रिज, मिक्सरलगायतका विद्युतीय तथा घरायसी सामग्रीसमेत समावेश गरिएको छ।

लहान बजारमा विद्युतीय सामग्री बिक्री गर्ने स्थापित व्यवसायका रूपमा रहेको एभरेस्ट डिजिटलले मोबाइल, ल्यापटप, विभिन्न विद्युतीय उपकरण तथा घरायसी सामग्री बिक्री गर्दै आएको छ। थोक बिक्रीसमेत गर्दै आएको उक्त पसलमा विभिन्न सामग्री विशेष छुटमा उपलब्ध रहेको सञ्चालकले बताउनुभयो।

पसलका मुख्य सञ्चालक समाजसेवी विजय गुप्ता हुनुहुन्छ। ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकता दिँदै गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्यसहित व्यवसाय सञ्चालन गर्दै आएको एभरेस्ट डिजिटलले चाडपर्वका अवसरमा ल्याएको योजनाले ग्राहकलाई थप आकर्षित गर्ने अपेक्षा गरेको छ।

चाडपर्वका बेला बजारमा किनमेल बढ्ने समयमा ग्राहकलाई सामग्री खरिदसँगै उपहार जित्ने अवसर प्रदान गर्ने यस योजनाले व्यवसाय र उपभोक्ताबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
तराई-मधेसमा बुहारी हत्या र आत्महत्याका घटनामा प्रहरीको निष्क्रियता, छानबिन अझै अघि बढेन
तराई-मधेसमा बुहारी हत्या र आत्महत्याका घटनामा प्रहरीको निष्क्रियता, छानबिन अझै अघि बढेन
पोखरा सहकारी ठगी: १२ करोडभन्दा बढी रकम हिनामिना, तीन जना पक्राउ
पोखरा सहकारी ठगी: १२ करोडभन्दा बढी रकम हिनामिना, तीन जना पक्राउ
प्रधानमन्त्री सुशीला कार्कीले नारिका दिवसमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले नारिका दिवसमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी दुई वर्षीय ऋषि मण्डलको पोखरीमा डुबेर मृत्यु
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
सर्वोच्च अदालतमा रिट दर्ता: प्रहरी कार्यालय र हिरासतमा अनिवार्य सीसीटीभी जडानको माग
सर्वोच्च अदालतमा रिट दर्ता: प्रहरी कार्यालय र हिरासतमा अनिवार्य सीसीटीभी जडानको माग
युक्रेन युद्ध पनि अन्त्य हुने संकेत, ट्रम्प-पुटिन-जेलेन्स्की त्रिपक्षीय वार्ताको बाटो खुल्यो
युक्रेन युद्ध पनि अन्त्य हुने संकेत, ट्रम्प-पुटिन-जेलेन्स्की त्रिपक्षीय वार्ताको बाटो खुल्यो
वीर अस्पतालमा आकस्मिक कक्षको विस्तार
वीर अस्पतालमा आकस्मिक कक्षको विस्तार
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?