singel post top banner

युरोपका ६ देशमा शिक्षा खर्च, बेरोजगारी र महँगो आवासविरुद्ध प्रदर्शन चर्कियो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक ३, २०८३
45 Views
युरोपका ६ देशमा शिक्षा खर्च, बेरोजगारी र महँगो आवासविरुद्ध प्रदर्शन चर्कियो
समाचार सारांश
  • काठमाडौं ।
  • बढ्दो शैक्षिक खर्च, बेरोजगारी, जीर्ण विद्यालय र महँगो आवासको विरोधमा युरोपका छ देशमा प्रदर्शन चर्किएको छ।

काठमाडौं । बढ्दो शैक्षिक खर्च, बेरोजगारी, जीर्ण विद्यालय र महँगो आवासको विरोधमा युरोपका छ देशमा प्रदर्शन चर्किएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा विद्यार्थी, श्रमिक तथा नागरिकहरू आन्दोलनमा सहभागी भएका छन्। केही प्रदर्शन हिंसात्मक बनेका छन् भने प्रहरीले सयौँलाई पक्राउ गरेको छ।

फ्रान्समा प्रदर्शनकारीले पसलमा लुटपाट गर्नुका साथै सरकारी भवन र सवारीसाधनमा आगजनी गरेका छन्। इटालीमा विद्यार्थीले विद्यालय कब्जा गरेका छन्। ग्रिसमा होस्टेल अभाव र महँगो भाडाको विरोधमा विद्यार्थीले संसद् भवनअगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। बेल्जियम र अल्बानियामा पनि प्रहरीसँग झडप र धरपकड भएको छ।

फ्रान्स : १४० सहरमा प्रदर्शन, १,८०० पक्राउ

विद्यालयको जीर्ण अवस्था, शिक्षक अभाव र बढ्दो महँगीको विरोधमा १७ अक्टोबरमा फ्रान्सका १४० सहरमा प्रदर्शन भएको थियो। विद्यार्थी सङ्गठन, ट्रेड युनियन र कर्मचारीसहित करिब आठ लाख मानिस सडकमा उत्रिएको समाचारमा उल्लेख छ।

पेरिस, मार्सेई र बोर्डोसहित विभिन्न सहरमा तोडफोड र लुटपाट भएको छ। लिमोजमा १४३ वर्ष पुरानो ऐतिहासिक सिटी हलमा आगजनी गरिएको छ भने कैयौँ सवारीसाधन जलाइएका छन्।

१८ अक्टोबरसम्म करिब १,८०० जना पक्राउ परेको र ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी तथा दमकलकर्मी घाइते भएको खबर छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नु र राष्ट्रपति इमानुएल म्याक्रोंले हिंसाको निन्दा गरेका छन्। सरकारले केही हिंसक समूहले शान्तिपूर्ण प्रदर्शनको फाइदा उठाएको जनाएको छ।

इटाली : ३० अक्टोबरमा राष्ट्रव्यापी हड्तालको घोषणा

शिक्षामा सरकारी लगानी कम भएको, विद्यालयको अवस्था जीर्ण रहेको र पढाइको खर्च बढेको भन्दै इटालीका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। रोम र ट्युरिनसहित विभिन्न सहरमा विद्यार्थीले विद्यालय कब्जा गरेका छन्।

१६ अक्टोबरमा हजारौँ विद्यार्थी रोमस्थित शिक्षा मन्त्रालयतर्फ मार्च गर्दै पुगेका थिए। उनीहरूले शिक्षामन्त्री ज्युसेप्पे भाल्दिताराका निर्णयको विरोध गरेका थिए। यसअघि भएका प्रदर्शनमा प्रहरीसँग झडप र ढुङ्गामुढाका घटना पनि भएका थिए।

विद्यार्थी सङ्गठनहरूले आन्दोलनमा कर्मचारीलाई समेत सहभागी गराउने प्रयास गरिरहेका छन्। उनीहरूले शिक्षामा सरकारी खर्च बढाउन, विद्यालयको अवस्था सुधार्न र सस्तो होस्टेल उपलब्ध गराउन माग गरेका छन्। प्रदर्शनकारीले ३० अक्टोबरमा राष्ट्रव्यापी हड्ताल गर्ने घोषणा गरेका छन्।

स्पेन : बढ्दो घरभाडाविरुद्ध प्रदर्शन

स्पेनका विभिन्न सहरमा महँगो आवास र बढ्दो भाडाको विरोधमा प्रदर्शन भइरहेको छ। राजधानी म्याड्रिडको सोल चोकमा प्रदर्शनकारी केही दिनदेखि टेन्ट टाँगेर बसेका छन्।

सेप्टेम्बरको अन्त्यमा भाडा बढेका कारण ८७ वर्षीया एक महिलालाई घरबाट निकालिएपछि आन्दोलन थप चर्किएको हो। प्रदर्शनकारीले भाडामा नियन्त्रण गर्न, घरबाट निकाल्ने क्रम रोक्न र सस्तो सरकारी आवास निर्माण गर्न माग गरेका छन्।

भाडामा बस्नेहरूको सङ्गठन र आवास अधिकारका लागि काम गर्ने समूहले आन्दोलनको नेतृत्व गरिरहेका छन्। प्रधानमन्त्री पेद्रो सान्चेजको सरकारले आवास सङ्कट समाधानका लागि कदम चाल्ने बताएको छ। तर प्रस्तावित उपायमा राजनीतिक सहमति जुट्न सकेको छैन। साथै, २९ नोभेम्बरमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरिएको छ।

ग्रिस : होस्टेल अभावविरुद्ध संसद्अगाडि धर्ना

राजधानी एथेन्समा विद्यार्थीले होस्टेल अभाव, महँगो भाडा र पढाइको बढ्दो खर्चको विरोधमा संसद् भवनअगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। विद्यार्थी सङ्गठनका अनुसार देशका करिब ९६ प्रतिशत विद्यार्थीले होस्टेल सुविधा पाउँदैनन्। पछिल्लो १० वर्षमा कोठाको भाडा तीन गुणासम्म बढेको छ र केही साना कोठाको मासिक भाडा ६०० युरोसम्म पुगेको छ।

विद्यार्थीले भाडाको सीमा तोक्न, सरकारी होस्टेल निर्माण गर्न, छात्रवृत्ति बढाउन र विश्वविद्यालयको बजेट वृद्धि गर्न माग गरेका छन्।

बेल्जियम : शिक्षा बजेट कटौतीविरुद्ध प्रदर्शन

राजधानी ब्रसेल्समा शिक्षा बजेट कटौती र सुधारका योजनाको विरोधमा विद्यार्थीले मार्च निकालेका छन्। प्रदर्शनका क्रममा केही सहभागीले तोडफोड गर्नुका साथै प्रहरीमाथि वस्तु प्रहार गरेका थिए। प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो।

१८ अक्टोबरको रिपोर्टअनुसार प्रदर्शनका क्रममा १५० जना पक्राउ परेका छन् भने पाँच प्रहरी सामान्य घाइते भएका छन्। सरकारले हिंसाको निन्दा गर्दै कानुन र व्यवस्था कायम राख्ने जनाएको छ।

अल्बानिया : प्रधानमन्त्रीको राजीनामा माग

राजधानी तिरानामा महँगो शिक्षा, बेरोजगारी, भ्रष्टाचार र विश्वविद्यालयको जीर्ण अवस्थाविरुद्ध विद्यार्थी आन्दोलन चर्किएको छ। १५ अक्टोबरमा हजारौँ युवा शिक्षा मन्त्रालयबाहिर भेला भई प्रधानमन्त्री एडी रामाको राजीनामा मागेका थिए।

प्रदर्शनका क्रममा केहीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् भने सरकारी भवन र बैंकमा आगजनी भएको छ। पाँच दिनदेखि जारी आन्दोलनमा १६७ जना पक्राउ परेको र प्रहरी तथा प्रदर्शनकारी घाइते भएको खबर छ। विद्यार्थी सङ्गठनसँगै सरकारप्रति असन्तुष्ट नागरिक पनि आन्दोलनमा सहभागी छन्।

प्रधानमन्त्री रामाले राजीनामा दिन अस्वीकार गर्दै विद्यार्थीसँग वार्ता गर्ने प्रस्ताव गरेका छन्। उनले तोडफोडमा संलग्नमाथि कडा कारबाही गरिने बताएका छन्। हिंसाले अल्बानियाको युरोपेली सङ्घमा आबद्ध हुने प्रयासलाई असर पार्न सक्ने उनको भनाइ छ।

(एजेन्सीहरूको सहयोगमा)

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्लाहीमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला
सर्लाहीमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला
काभ्रेको बेथानचोक गाउँपालिका–१ मा तीनतले झरनाको पुनर्निर्माण सुरु
काभ्रेको बेथानचोक गाउँपालिका–१ मा तीनतले झरनाको पुनर्निर्माण सुरु
पोखरा विश्वविद्यालयले पहिलोपटक इन्जिनियरिङमा पीएचडी कार्यक्रम संचालन
पोखरा विश्वविद्यालयले पहिलोपटक इन्जिनियरिङमा पीएचडी कार्यक्रम संचालन
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर, बाढीपीडित ज्येष्ठ नागरिकलाई राहत
नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर, बाढीपीडित ज्येष्ठ नागरिकलाई राहत
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपित खरेलको बयान प्रक्रिया सुरु
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपित खरेलको बयान प्रक्रिया सुरु
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
जेनजी आन्दोलनपछि विद्यार्थी संगठन अस्तित्व संकटमा: दलीय हस्तक्षेप
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
राखी सावन्तविरुद्ध झाँसी अदालतबाट गैरजमानती वारेन्ट जारी
राखी सावन्तविरुद्ध झाँसी अदालतबाट गैरजमानती वारेन्ट जारी
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?