singel post top banner

पोखरामा मोटरसाइकल चोरी भएको एक घण्टामै मोटरसाइकलसहित दुई जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक २, २०८३
39 Views
पोखरामा मोटरसाइकल चोरी भएको एक घण्टामै मोटरसाइकलसहित दुई जना पक्राउ
समाचार सारांश
  • कास्की ।
  • पोखरामा मोटरसाइकल चोरी भएको करिब एक घण्टामै प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।

कास्की । पोखरामा मोटरसाइकल चोरी भएको करिब एक घण्टामै प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८१ असोज ३० गते राति करिब १० बजे पोखरा महानगरपालिका–१६, सीतापाइलाबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै खोजतलासमा खटिएको प्रहरी चौकी छोरेपाटनको टोलीले राति करिब ११ बजे पोखरा महानगरपालिका–१७, सिमलटुँडाबाट मोटरसाइकलसहित दुई जनालाई फेला पारेको हो।

पक्राउ पर्नेमा मोटरसाइकल चलाइरहेका पोखरा महानगरपालिका–७, मासबारका ३१ वर्षीय सागर गुरुङ र पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–७, मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका–९, पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरी छन्।

प्रहरीका अनुसार उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
सुनको मूल्य स्थिर, चाँदीको मूल्य १३० रुपैयाँले बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको मूल्य १३० रुपैयाँले बढ्यो
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
लक्ष्मिनियाँ गाउँपालिका वडा १ अरेरवामा स्यालको आक्रमण, ६ भन्दा बढी घाइते
लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्ति पक्राउ, १६.१४ ग्राम ब्राउनसुगर बरामद
घटस्थापनामा रेखा थापा र भुवन केसीका गीत एकै समयमा सार्वजनिक, सामाजिक सञ्जालमा चर्चा
घटस्थापनामा रेखा थापा र भुवन केसीका गीत एकै समयमा सार्वजनिक, सामाजिक सञ्जालमा चर्चा
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
दुई विधेयकलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठायो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?