singel post top banner

विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब, २०.९ महिनाको आयात धान्ने

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन २९, २०८३
42 Views
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब, २०.९ महिनाको आयात धान्ने
समाचार सारांश
  • काठमाडौं ।
  • चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो। भदौ मसान्तसम्म आइपुग्दा सञ्चिति ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा गणना गर्दा सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोडबाट ४.६ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा २६ अर्ब ४८ करोड पुगेको छ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति ४ प्रतिशतले बढेर ३६ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यो रकम ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ थियो।

त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ७.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ५५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ थियो। भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.३ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६१.६ प्रतिशत, कुल आयातको १४८.५ प्रतिशत र विस्तृत मुद्राप्रदायको ४४.९ प्रतिशत बराबर छ। असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत थिए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौं महागरपालिकाको सामाजिक विकास कार्यक्रममा ३३ संघसंस्थाको आवेदन
काठमाडौं महागरपालिकाको सामाजिक विकास कार्यक्रममा ३३ संघसंस्थाको आवेदन
सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
सुनको इँटा किन्न भारत पुगेका कञ्चनपुरका दम्पती ठगीको शिकार
सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
सर्लाहीको लालबन्दीमा ५२ केजी गाँजासहित युवक पक्राउ
मध्य प्रदेशको बाँदा क्षेत्रमा विषद्र्त मदिरा सेवनले मृत्यु र बिरामीको बढ्दो संख्या
मध्य प्रदेशको बाँदा क्षेत्रमा विषद्र्त मदिरा सेवनले मृत्यु र बिरामीको बढ्दो संख्या
वीरगञ्जबाट बेवारिसे भारतीय नम्बर प्लेटको कारबाट ४ पेस्तोल र ६ गोली बरामद
वीरगञ्जबाट बेवारिसे भारतीय नम्बर प्लेटको कारबाट ४ पेस्तोल र ६ गोली बरामद
सप्तरीको कञ्चनरूपमा नुहाउने क्रममा डुबेका बालकको शव भेटियो
सप्तरीको कञ्चनरूपमा नुहाउने क्रममा डुबेका बालकको शव भेटियो
नेपाल औषधि लिमिटेडले नौ नयाँ औषधिको उत्पादन तयारी गर्‍यो, तीन महिनाको परीक्षण पूर्ण, छ महिनामा थप अनुमतिपत्र प्राप्ति हुने तयारी
नेपाल औषधि लिमिटेडले नौ नयाँ औषधिको उत्पादन तयारी गर्‍यो, तीन महिनाको परीक्षण पूर्ण, छ महिनामा थप अनुमतिपत्र प्राप्ति हुने तयारी
झापाबाट १५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
झापाबाट १५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
अमेरिकाको लस एन्जलसमा हेलिकप्टर दुर्घटना, तीनजनाको मृत्यु
अमेरिकाको लस एन्जलसमा हेलिकप्टर दुर्घटना, तीनजनाको मृत्यु
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?