singel post top banner

बूढीगण्डकीमा लेदोसहितको बाढी: ३५ भन्दा बढी घर र पाँच गोठ सम्पर्कविहीन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन २५, २०८३
29 Views
बूढीगण्डकीमा लेदोसहितको बाढी: ३५ भन्दा बढी घर र पाँच गोठ सम्पर्कविहीन
समाचार सारांश
  • गोरखा ।
  • बूढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले उत्तरी गोरखाका सल्लेरी, बगर र घट्टेखोलालगायतका स्थानमा क्षति पुर्‍याएको छ।

गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले उत्तरी गोरखाका सल्लेरी, बगर र घट्टेखोलालगायतका स्थानमा क्षति पुर्‍याएको छ। चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार प्रारम्भिक विवरणमा ३५ भन्दा बढी घर बगेका छन्। क्षतिको यकिन विवरण संकलन भइरहेको छ।

चुरीमा गएको पहिरोका कारण चुम्चेतका पाँच गोठ सम्पर्कविहीन भएको अध्यक्ष लामाले बताए। बाढीले सल्लेरीमा निर्माणाधीन जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको छ।

बाढीले मान्वु र सोती जोड्ने मोटरेबल पुल बगाएको छ। प्रहरी निरीक्षक आकाश कडेलका अनुसार चुमनुव्री गाउँपालिका–३ का नाग्चेत र सिर्दिवास तथा धार्चे गाउँपालिका–५ का माछाखोला र केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगेका छन्। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको उनले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रका स्थानीय घर छाडेर सुरक्षित स्थानको खोजीमा डाँडातिर उक्लिएका छन्। जगतका स्थानीय गणेश कार्कीले बाढीले घर बगाएको हेर्नुबाहेक आफूहरूसँग अरू विकल्प नभएको बताए। उनका अनुसार बाढी केहीबेर रोकिएजस्तो हुने र फेरि एक्कासि आउने गरेको छ। “यस्तो बाढी जन्मेदेखि आजसम्म देखेको थिइनँ,” उनले भने।

सिर्दिवासकी स्थानीय कुमारी गुरुङका अनुसार बाढी अझै रोकिएको छैन र स्थानीय त्रसित छन्। पहिरोले थुनिएको स्यार खोला एक्कासि खुलेपछि बूढीगण्डकी नदीमा बाढी आएको बताइएको छ। स्यार खोला बूढीगण्डकीमा मिसिने सहायक खोला हो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ। हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभएको उनले बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बालेन्द्र साह उर्लाबारी आए, तर सीमित समयमा भेटघाट र स्थानीयको असन्तुष्टि
बालेन्द्र साह उर्लाबारी आए, तर सीमित समयमा भेटघाट र स्थानीयको असन्तुष्टि
अमेरिका र चीनको बुसान बैठक: सम्बन्ध सुधार, युक्रेन र व्यापार सम्झौतामा छलफल
अमेरिका र चीनको बुसान बैठक: सम्बन्ध सुधार, युक्रेन र व्यापार सम्झौतामा छलफल
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
जनकपुरधामको नयाँ सभामुख: रामआशिष यादवको उत्क्रमण र राजनीतिक यात्रा
जनकपुरधामको नयाँ सभामुख: रामआशिष यादवको उत्क्रमण र राजनीतिक यात्रा
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
बहुदरमाई नगरपालिकामा सडक मर्मत अनियमितता, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
बहुदरमाई नगरपालिकामा सडक मर्मत अनियमितता, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
बङ्गलादेशको विशेष अदालतले शेख हसिनाको विरुद्ध फैसला सुनाउने तयारी, तनाव र विरोध प्रदर्शन कायमै
बङ्गलादेशको विशेष अदालतले शेख हसिनाको विरुद्ध फैसला सुनाउने तयारी, तनाव र विरोध प्रदर्शन कायमै
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
singel sidbar banner
singel sidbar banner 2