singel post top banner

भारतबाट अवैध रूपमा चकलेट ल्याउँदै गरेका ६ नेपाली पक्राउ, ९६० किलो चकलेट बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, आश्विन १८, २०८३
51 Views
भारतबाट अवैध रूपमा चकलेट ल्याउँदै गरेका ६ नेपाली पक्राउ, ९६० किलो चकलेट बरामद
समाचार सारांश
  • रौतहट ।
  • भारत–नेपाल सीमामा तस्करी नियन्त्रणका लागि गरिएको कारबाहीमा सशस्त्र सीमा बल (एसएसबी) ले २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

रौतहट । भारत–नेपाल सीमामा तस्करी नियन्त्रणका लागि गरिएको कारबाहीमा सशस्त्र सीमा बल (एसएसबी) ले २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। बरामद चकलेटको तौल ९६० किलो रहेको एसएसबीले जनाएको छ।

बारा जिल्लासँग सीमा जोडिएको भारतको नायकटोला गाउँनजिक शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी, बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो।

एसएसबीका अनुसार, नेपालतर्फबाट साइकलमा सामान बोकेर भारत प्रवेश गरी पुनः नेपाल फर्कँदै गरेका व्यक्तिहरूमाथि निगरानी राखिएको थियो। शंकास्पद गतिविधि देखिएपछि टोलीले नाकाबन्दी गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

तलासीका क्रममा ६ वटा साइकलमा लोड गरिएका २४ बोरा चकलेट फेला परेको एसएसबीले जनाएको छ। पक्राउ पर्नेमा बाराको सीमावर्ती कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल छन्।

एसएसबीका अनुसार उनीहरू भारतबाट अवैध रूपमा नेपालतर्फ चकलेट लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्ति, बरामद चकलेट र साइकललाई थप कानुनी कारबाहीका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको छ। सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न निगरानी र गस्ती थप कडा पारिएको एसएसबीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
११४ किलो गाँजासहित कार चालक पक्राउ
११४ किलो गाँजासहित कार चालक पक्राउ
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय
काठमाडौंमा हातपातको घटनाप्रति प्रहरीको कडा कारबाही, सामाजिक सञ्जालमा फैलिएका भ्रामक सामग्रीमाथि अनुसन्धान
काठमाडौंमा हातपातको घटनाप्रति प्रहरीको कडा कारबाही, सामाजिक सञ्जालमा फैलिएका भ्रामक सामग्रीमाथि अनुसन्धान
कोलकाता र बीरभूममा आगलागी: नौ जनाको मृत्यु, राहत र उद्धार कार्य जारी
कोलकाता र बीरभूममा आगलागी: नौ जनाको मृत्यु, राहत र उद्धार कार्य जारी
गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
विद्यालयमा भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
विद्यालयमा भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
मधेस प्रदेशमा उच्च सतर्कता, प्रहरी मुख्यालयले जारी गरेको हाइ अलर्ट
मधेस प्रदेशमा उच्च सतर्कता, प्रहरी मुख्यालयले जारी गरेको हाइ अलर्ट
ओलेस्कीमा युद्धविराम गर्न र नयाँ शान्ति वार्ता गर्न रुस–युक्रेन सहमत
ओलेस्कीमा युद्धविराम गर्न र नयाँ शान्ति वार्ता गर्न रुस–युक्रेन सहमत
singel sidbar banner
singel sidbar banner 2