भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै दिल्लीमा फेरि प्रदर्शन
- काठमाडौं ।
- भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै शनिबार पनि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्ने आह्वान गरिएको छ।
काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै शनिबार पनि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गर्ने आह्वान गरिएको छ।
अल इन्डिया स्टुडेन्ट्स एशोसिएसनकी राष्ट्रिय अध्यक्ष नेहा बोराले शनिबार दिउँसो १ बजे जन्तर–मन्तरमा भेला हुन आह्वान गरेकी हुन्। यसैबीच, ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेले यही मागलाई लिएर आगामी अक्टोबर १० मा दिल्लीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।
यसअघि शुक्रबार बिहान विपक्षी दल र वामपन्थी विद्यार्थी संगठनसँग आबद्ध व्यक्तिहरू जन्तर–मन्तरमा भेला भएका थिए। दिल्ली प्रहरीले मुख्य जन्तर–मन्तर क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएको थिएन। साथै, नयाँदिल्लीका विभिन्न क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ अन्तर्गत निषेधाज्ञा जारी गरिएको थियो।
बीबीसीका संवाददाता दिलनवाज पाशाका अनुसार शुक्रबार जन्तर–मन्तर पुग्नुअघि नै प्रहरीले सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। सीजेपीले ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको शिवाजी पार्कमा पनि प्रदर्शन गरेको थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






