singel post top banner

स्वीकृत दरभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना प्रस्ताव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
47 Views
स्वीकृत दरभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिबाना प्रस्ताव
समाचार सारांश
  • काठमाडौं ।
  • चाडपर्व, विपद् वा अन्य आपत्कालीन समयमा यात्रुबाट स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरिएको छ।

काठमाडौं । चाडपर्व, विपद् वा अन्य आपत्कालीन समयमा यात्रुबाट स्वीकृत दरभन्दा बढी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरिएको छ।

सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ मा यस्तो व्यवस्था राखिएको हो। विधेयकको दफा ४७ को खण्ड (ड) अनुसार, प्राधिकरणले स्वीकृत गरेको दरभन्दा बढी भाडा लिएर उडान सञ्चालन गर्नु कसुर मानिनेछ।

त्यस्तो कसुर प्रमाणित भएमा दफा ४८ को उपदफा (१) को खण्ड (ख) बमोजिम वायुसेवा सञ्चालक वा सम्बन्धित व्यक्तिलाई महानिर्देशकले ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने प्रस्ताव छ। एकपटक सजाय पाएपछि पनि सोही कसुर दोहोर्‍याएमा पहिलेको भन्दा दोब्बर जरिबाना हुने व्यवस्था विधेयकमा गरिएको छ।

प्रस्तावित व्यवस्था लागू भएमा चाडपर्व, खराब मौसम वा विपद्का समयमा हवाई टिकटको मूल्य मनपरी बढाउने प्रवृत्ति नियन्त्रण हुने र यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यो व्यवस्था विधेयक पारित भएर ऐनका रूपमा लागू भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाम उद्योग वाणिज्य संघले अध्यक्षमाथि प्रहरी दमनको विरोधमा चरणबद्ध आन्दोलन घोषणा
जनकपुरधाम उद्योग वाणिज्य संघले अध्यक्षमाथि प्रहरी दमनको विरोधमा चरणबद्ध आन्दोलन घोषणा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिलाहरू सुरक्षित रूपमा परिवारसँग पुनः सम्पर्कमा
सिरहामा ११० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ
सिरहामा ११० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ
जेनजी शहीदहरूको न्याय र सरकारको उदासिनता: सांसद रचना खतिवडा
जेनजी शहीदहरूको न्याय र सरकारको उदासिनता: सांसद रचना खतिवडा
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
सिराहा सशस्त्र प्रहरी बलले १५ लाख भन्दा बढीको अवैध सामान बरामद, करोडौंको चोरीपैठारीको सामान समेत पक्राउ
सिराहा सशस्त्र प्रहरी बलले १५ लाख भन्दा बढीको अवैध सामान बरामद, करोडौंको चोरीपैठारीको सामान समेत पक्राउ
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदमा याङ्की उक्यालाई नियुक्त गर्‍यो
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पदमा याङ्की उक्यालाई नियुक्त गर्‍यो
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति जाँच: सीआईबीले अनुसन्धान प्रक्रिया सुरु गरे
पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति जाँच: सीआईबीले अनुसन्धान प्रक्रिया सुरु गरे
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दर्ता
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दर्ता
सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
सिरहामा ९० किलो गाँजासहित एक जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?