धनुषामा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु
- जनकपुरधाम ।
- धनुषामा बिजुलीको पोल चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।
जनकपुरधाम । धनुषामा बिजुलीको पोल चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९, औराहा टोलका ३२ वर्षीय श्रवण साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटना बिहान पौने १० बजेतिर भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार छिमेकीको घरमा विद्युत् बिग्रिएपछि मर्मत गरिदिन आग्रह गरिएको थियो। त्यसपछि साह विद्युत् पोलमा चढेका थिए। मर्मत गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया पूरा गरेपछि साहको शव पोस्टमार्टमका लागि दिउँसो प्रादेशिक अस्पताल जनकपुर पठाइएको डीएसपी खनालले जानकारी दिए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






