मनाङको हिमलुङ हिमपहिरोमा थप चार शव भेटिए, मृतकको संख्या ११ पुग्यो
- काठमाडौं ।
- मनाङको हिमलुङ हिमालको आधार शिविरमा आएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ।
काठमाडौं । मनाङको हिमलुङ हिमालको आधार शिविरमा आएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ। यससँगै घटनामा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ।
बेपत्ताहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले आज चार शव फेला पारेको जनाएको छ। पासाङकाजी शेर्पाको नेतृत्वमा अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको थियो।
एसोसिएसनले शेर्पालाई उद्धृत गर्दै शव फेला परेको जानकारी दिएको हो। हिमपहिरोमा कुल १६ जना बेपत्ता भएका थिए। तीमध्ये ११ जनाको शव भेटिएको छ भने अझै पाँच जना बेपत्ता छन्। असोज ९ गतेदेखि मौसम प्रतिकूल बनेपछि हिमलुङ क्षेत्रमा हिमपहिरो गएको थियो।
तस्बिर स्रोत: नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






