श्रमिक महिलाको दैनिकीमा जलवायु परिवर्तनको असर: प्रभावित समुदायलाई न्याय दिन माग
- काठमाडौँ ।
- भोटेकोशी बाढी गएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउन काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
काठमाडौँ । भोटेकोशी बाढी गएको एक महिना पूरा भएको सन्दर्भमा जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउन काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ।
जलवायु परिवर्तनबाट प्रभावित श्रमिक, महिला, सीमान्तकृत तथा हिमाली क्षेत्रका समुदायको अधिकार र जलवायु न्यायका लागि आवाज उठाउँदै आएका विभिन्न सङ्घ–संस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्। आयोजकले आज पत्रकार सम्मेलन गरी ‘जलवायु न्याय अभियानका लागि ऐक्यबद्धता तथा सामूहिक दीप प्रज्वलन’ कार्यक्रमबारे जानकारी दिएको हो।
एक्सन एड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान र यूथ एड्भोकेसी नेपाललगायत संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।
जलवायुजन्य विपद्बाट प्रभावित परिवार तथा समुदायको पीडा र सङ्घर्षलाई स्मरण गर्दै उनीहरूप्रति ऐक्यबद्धता जनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। साथै, प्रभावित समुदायको अधिकार र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न आवाज उठाउने तथा जलवायु न्यायको मागलाई सामूहिक रूपमा बुलन्द गर्ने लक्ष्य राखिएको छ।
तीन प्रमुख माग
वसन्तपुरमा हुने दीप प्रज्वलन कार्यक्रममार्फत प्रभावित समुदायको अधिकार, मर्यादा, सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न माग गरिनेछ।
त्यसैगरी, पुनर्स्थापना र अनुकूलनका लागि तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधन गर्न पर्याप्त, सहज पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन आयोजकले माग गर्नेछ। प्रमुख उत्सर्जकहरूले उत्सर्जन घटाउनुका साथै जलवायु सङ्कटबाट भएको क्षतिको उचित जिम्मेवारी वहन गर्नुपर्ने माग पनि अघि सारिनेछ।
जलवायु न्यायबारे समुदायस्तरमा सचेतना बढाउन, युवालाई अभिमुखीकरण गर्न र जलवायु परिवर्तनले प्रभावित समुदायमा पारेको असरबारे छलफल गर्न एक सातासम्म विभिन्न गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रभावित समुदायका आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्याउनु पनि अभियानको उद्देश्य रहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






