कालीगण्डकीको बाढीले पर्वतको फर्सेमा २५ घर बगायो
समाचार सारांश
- काठमाडौं ।
- कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा २५ घर बगेका छन्।
काठमाडौं । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा २५ घर बगेका छन्। बाँकी घरहरू पनि जोखिममा रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। बस्तीमा करिब ८० घर रहेकामा २५ घर बगेका हुन्।
घटनामा हालसम्म मानवीय क्षति भएको खबर छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
मकवानपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग, कांग्रेसमा प्रवेश
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
साफ महिला फुटबल च्याम्पियनशिप: नेपाल र भूटानको महत्त्वपूर्ण खेल आज
मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित
कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
रास्वपा केन्द्रीय समिति बैठकले नयाँ अनुशासन प्रमुख र पुरानै नेतृत्व कायम गर्दै महत्वपूर्ण निर्णयहरू गरेको
मधेसका सभामुखको निर्णयलाई सर्वोच्चको झड्का, पाँच सांसदको पदमुक्त रोकियो
काठमाडौंमा गैरकानुनी अन्तरराष्ट्रिय कल बाइपास सञ्चालन गर्ने युवक पक्राउ
कतारमा रहेका नेपालीलाई दूतावासले सुरक्षा निर्देशन पालना गर्न आग्रह
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
ट्रेन्डिङ






