singel post top banner

वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १०, २०८३
45 Views
वर्षा र पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय सडक पूर्ण अवरुद्ध
समाचार सारांश
  • काठमाडौँ ।
  • निरन्तर वर्षा, पहिरो र खोलामा पानीको बहाव बढेपछि देशभरका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

काठमाडौँ । निरन्तर वर्षा, पहिरो र खोलामा पानीको बहाव बढेपछि देशभरका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान ९:३० बजे सार्वजनिक गरेको विवरणअनुसार दर्जनभन्दा बढी सडकमा गम्भीर अवरोध छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङलगायत स्थानमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। वर्षा जारी रहेकाले स्थानीय प्रशासनले अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। सडक विभागले भने विभिन्न स्थानमा पहिरो हटाउने काम सुरु गरेको जनाएको छ।

बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा सडक अवरुद्ध छ। पहिरोका साथै डाइभर्सन बगेकाले राजमार्ग खुलाउन प्रयास भइरहेको छ। कर्णाली राजमार्गका गगने खोला र नाग्म–जुम्लाको राँका क्षेत्रलगायत स्थानमा पहिरो र ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउन लोडरसहितका टोली परिचालन गरिएको छ।

सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सल्लेरी खण्डमा सोलु खोलानजिक सडक भासिएपछि सवारी आवागमन ठप्प छ। थप वर्षा नभए आज बेलुकासम्म मेसिन प्रयोग गरी ब्याक कटिङ गरेर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ।

कान्ति राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ। मकवानपुर खण्डमा पहिरो हटाएर यातायात खुलाइएको छ। ललितपुरको चपली र तकुर्चेलगायत स्थानमा काम जारी रहेकाले बिहान १० बजेपछि पूर्ण सञ्चालनमा आउन सक्ने अनुमान गरिएको छ।

मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो खस्ने क्रम जारी छ। कालीगण्डकी करिडोरको जैमिनी नगरपालिका–८ स्थित बेलबगरमा पनि ठूलो पहिरो गएको छ। दुवै स्थानमा पहिरो हटाउन मेसिन तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।

तमोर करिडोरको छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक अवरुद्ध छ। पानीको बहाव घटेपछि सडक खुलाउने तयारी छ। राप्ती राजमार्गको कपुरकोट र बागलुङ–बेनी सडकको हुलाके क्षेत्रमा पहिरो हटाउन मेसिन परिचालन गरिएको छ। भालुवाङ–चकचके–लिवाङ सडकमा पहिरो हटाउने काम भइरहे पनि साना सवारीसाधन सावधानीपूर्वक सञ्चालनमा छन्।

सडक विभागले यात्रु तथा सवारीचालकलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ। सडक अवरोधसम्बन्धी पछिल्लो विवरण विभागको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ।

image

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठ निकासी घुस प्रकरण: पूर्ण शङ्कर यादवसहित ३ जनालाई सजाय, कैद र जरिवाना
काठ निकासी घुस प्रकरण: पूर्ण शङ्कर यादवसहित ३ जनालाई सजाय, कैद र जरिवाना
सुनसरी देवानगञ्जमा प्रहरी गोलीकाण्ड: सांसद थापाको गम्भीर प्रतिक्रिया
सुनसरी देवानगञ्जमा प्रहरी गोलीकाण्ड: सांसद थापाको गम्भीर प्रतिक्रिया
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
गृहमन्त्री गुरुङले भने, कानुनभन्दा माथि कोही छैन, ओली र लेखकलाई पक्राउ गर्नुभएको हो
प्रधानमन्त्री कार्कीले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गाको फिर्ताको प्रगतिबारे जानकारी माग, दोषीमाथि कारबाहीको निर्देशन
प्रधानमन्त्री कार्कीले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गाको फिर्ताको प्रगतिबारे जानकारी माग, दोषीमाथि कारबाहीको निर्देशन
इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण, मृतक संख्या ११८ पुगे, विद्यालयमा ठूलो क्षति
इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण, मृतक संख्या ११८ पुगे, विद्यालयमा ठूलो क्षति
डिजिटल माध्यमबाट प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक, नयाँ प्रविधि प्रयोगमा
डिजिटल माध्यमबाट प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक, नयाँ प्रविधि प्रयोगमा
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
निर्वाचन परिणाम र सरकार गठन प्रक्रिया: आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी
निर्वाचन परिणाम र सरकार गठन प्रक्रिया: आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी
सिक्किमको नामचीमा पहिरोले दुर्घटना, ८ जनाको मृत्यु, १९ जना थुनिएको आशंका
सिक्किमको नामचीमा पहिरोले दुर्घटना, ८ जनाको मृत्यु, १९ जना थुनिएको आशंका
singel sidbar banner
singel sidbar banner 2