singel post top banner

नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, भाद्र २७, २०८३
6 Views
नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
समाचार सारांश
  • काठमाडौं – शनिबारदेखि नयाँ दिल्लीमा १८औं ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ।
  • यस वर्षको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि एउटै मंचमा देखिएका छन्।

काठमाडौं – शनिबारदेखि नयाँ दिल्लीमा १८औं ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। यस वर्षको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि एउटै मंचमा देखिएका छन्। यसअघि यी तीन नेताहरू सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए।

सम्मेलनमा ११ सदस्य राष्ट्रका साथै १० साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्। यस क्रममा, भारतले विभिन्न देशका राष्ट्रप्रमुखसँग द्विपक्षीय बैठकहरू गर्दैछन्, जसले क्षेत्रीय र विश्वव्यापी रणनीतिहरूमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार बिहान बेइजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका छन्। करिब ७ वर्षपछि भएको यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ। सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि दुई देशबीच सीमा तनाव तीव्र भएको थियो। तर हाल सीमा विवाद समाधान गर्नका लागि दुई पक्षले सहमति जनाएका छन्। सीमा विवाद समाधान गर्न एउटा विशेषज्ञ समूह बनाउने, सैन्य सम्पर्क केन्द्र र हटलाइन स्थापना गर्ने विषयमा सहमति जुटेको छ, जसलाई शीर्ष नेतृत्वको अनुमोदन आवश्यक छ।

ब्रिक्सको शक्ति सदस्य राष्ट्रहरूको मात्र होइन, विश्वको आर्थिक र जनसंख्या शक्तिमा पनि छ। हाल ११ सदस्य राष्ट्रहरूले विश्वको लगभग ४९.५ प्रतिशत जनसंख्या बसोबास गर्छन्, अर्थात् हरेक दुई व्यक्तिमा एकजना ब्रिक्स देशमा बस्छ। आर्थिक दृष्टिकोणले हेर्दा, ब्रिक्स देशहरूको संयुक्त अर्थतन्त्र विश्वको करिब ३९ प्रतिशत हो, जुन अमेरिकी अर्थतन्त्रभन्दा लगभग तीन गुणा ठूलो छ। विश्वको कुल गार्हस्थ्य उत्पादनमा ब्रिक्सको हिस्सा २७ प्रतिशतभन्दा बढी छ, जबकि युरोपेली संघको हिस्सा मात्र १४ प्रतिशत हो।

ब्रिक्स देशहरू आफ्नो आर्थिक रणनीतिमा अमेरिकी डलरको निर्भरता कम गर्दै स्थानीय मुद्राहरूमा कारोबार प्रवर्द्धन गर्न चाहन्छन्। भारतको अध्यक्षतामा भइरहेको यस वर्षको सम्मेलनमा, स्थानीय मुद्रा प्रयोग र डिजिटल भुक्तानी प्रणालीलाई जोड दिइनेछ। भारतले प्रस्ताव गरेको डिजिटल मुद्राहरू र डिजिटल भुक्तानी प्रणालीलाई अन्तरदेशीय कारोबारमा जोड्ने योजना छ, जसले डलरको आवश्यकतालाई घटाउनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको ‘साइडलाइन’मा विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्दैछन्। बिहान १० बजे इथियोपियाका प्रधानमन्त्री अबी अहमद अली, १०:३० बजे मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, ११ बजे अबुधाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद र ११:३० बजे भियतनामका प्रधानमन्त्री ले मिन्ह हङसँग भेट गर्ने कार्यक्रम तय भएको छ। सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ, र सम्भावित खतरालाई ध्यानमा राख्दै सुरक्षा जाँच कडा बनाइएको छ।

ब्रिक्सको स्थापना कसरी भयो?

सन् २००१ मा अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्सका अर्थशास्त्री जिम ओ’निलले ब्राजिल, रुस, भारत र चीनलाई ‘तीव्र गतिमा बढिरहेका ठूला अर्थतन्त्र’ भन्दै पहिलोपटक ‘ब्रिक्स’ शब्द प्रयोग गरे। सन् २००६ मा सङ्गठनको औपचारिक रूप लिएको यसले २००९ मा रुसमा पहिलो बैठक गरेको थियो। २०१० मा दक्षिण अफ्रिका जोडिएपछि यसलाई ‘ब्रिक्स’ भनिन थाले। हाल पाकिस्तान र टर्कीले पनि सदस्यता पाउने इच्छा व्यक्त गरेका छन्, तर भारतको असहमति रभिटोले गर्दा थप सदस्य थप्ने प्रक्रिया ढिला भएको छ। नेपालले यस समूहमा जोडिन चाहान्ने कुनै औपचारिक प्रस्ताव पेश गरेको छैन।

यो सम्मेलन र संगठनले विश्वव्यापी आर्थिक, सुरक्षा र कूटनीतिक रणनीतिहरूमा नयाँ दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको यो समाचारले ब्रिक्सको वर्तमान गतिविधि र यसको भविष्यका योजनाहरूलाई समेटेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दक्षिण कोरियाले नेपाललाई भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्यो
दक्षिण कोरियाले नेपाललाई भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्यो
बालेन्द्र शाह मधेश यात्रामा, सिरहाबाट धनुषासम्मको यात्रा
बालेन्द्र शाह मधेश यात्रामा, सिरहाबाट धनुषासम्मको यात्रा
निर्वाचनका लागि सुरक्षाको पूर्ण व्यवस्था, मतदातालाई सहज र निष्पक्ष मतदानको आश्वासन – निर्वाचन आयोग
निर्वाचनका लागि सुरक्षाको पूर्ण व्यवस्था, मतदातालाई सहज र निष्पक्ष मतदानको आश्वासन – निर्वाचन आयोग
महोत्तरीमा मोटरसाइकल टक्करपछि आगलागी, तीन विद्यार्थीको मृत्यु, तीन घाइते
महोत्तरीमा मोटरसाइकल टक्करपछि आगलागी, तीन विद्यार्थीको मृत्यु, तीन घाइते
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
चालू आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि
चालू आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
बाँकेमा प्रहरीले ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ
रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा
रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
singel sidbar banner
singel sidbar banner 2