singel post top banner

विपद् पुनर्निर्माणको पुरानो चक्रबाट बाहिर निस्केर नेपालको विकासको नयाँ ढाँचा आवश्यक – मन्त्री गौतम

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, भाद्र १६, २०८३
66 Views
विपद् पुनर्निर्माणको पुरानो चक्रबाट बाहिर निस्केर नेपालको विकासको नयाँ ढाँचा आवश्यक – मन्त्री गौतम
समाचार सारांश
  • काठमाडौं ।
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको विपद् पुनर्निर्माणको परम्परागत चक्रबाट बाहिर निस्केर, विपद् सहन सक्ने गरी विकासको नयाँ ढाँचा नै पुनर्लेखन गर्न आवश्यक रहेको बताएकी हुन्।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको विपद् पुनर्निर्माणको परम्परागत चक्रबाट बाहिर निस्केर, विपद् सहन सक्ने गरी विकासको नयाँ ढाँचा नै पुनर्लेखन गर्न आवश्यक रहेको बताएकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा व्यक्त गरेकी हुन्।

मन्त्री गौतमले भनिन्, “अब विपद्पछि पुनर्निर्माण गर्ने चक्रबाट निस्केर, विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा पुनर्लेखन गर्न समय आएको छ।” उनले थपिन्, “हामी नदी रोक्न सक्दैनौँ, हिमाल र हिमनदीलाई नियन्त्रण गर्न सक्दैनौँ, र विश्वव्यापी जलवायु परिवर्तनलाई एक्लैले रोक्न पनि सक्दैनौँ। तर, यसको सामना गर्न सक्ने नेपाल बनाउन हामी प्रयास गर्न सक्छौँ।”

उनले भनेकी छन्, “म कानुन सुधार समितिमा यही विषय राखेको छु। अब हामीले विपद् र जलवायु परिवर्तनलाई कानुन र नीतिको एक मात्रै विषयमा सीमित राखेर होइन, हरेक विकाससम्बन्धी कानुन, नीति, योजना र पूर्वाधार निर्माणको आधारभूत सिद्धान्त बनाउनु आवश्यक छ।”

मन्त्री गौतमले पछिल्ला १२–१३ वर्षयता नेपालले लगातार ठूला प्राकृतिक विपद्को सामना गरिरहेको स्मरण गराउँदै भनिन्, “हरेक विपद्पछि ठूलो जनधन र पूर्वाधारको क्षति हुँदा हामी शून्यबाट सुरु गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ।” उनले सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको विनाशकारी भूकम्प, तातोपानी–भोटेकोशी क्षेत्रका बाढीपहिरो, मेलम्ची–इन्द्रावतीको बाढी, सुनकोशी र रोशी खोलाको बाढी, सोलुखुम्बुको थामेमा आएको बाढी तथा जाजरकोट भूकम्प लगायतका विपद्ले नेपाललाई ठूलो क्षति पुगेको स्मरण गराईएन।

उनको भनाइ अनुसार, अब नेपालले विपद् र जलवायु परिवर्तनलाई केवल कानुनी र नीतिगत विषय मात्रै होइन, समग्र विकासको आधारभूत सिद्धान्तको रुपमा लिइनुपर्ने समय आएको छ। यसले नेपाललाई प्राकृतिक विपद्को सामना गर्न सक्षम र स्थायी विकासतर्फ लैजान मद्दत गर्नेछ।

हेर्नुहोस् स्टाटस :

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार, स्थानीय र पर्यटकलाई राहत।
मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार, स्थानीय र पर्यटकलाई राहत।
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
दीर्घकालीन नियुक्ति नगर्न चुनावी सरकारलाई राष्ट्रिय एकता दलको चेतावनी
दीर्घकालीन नियुक्ति नगर्न चुनावी सरकारलाई राष्ट्रिय एकता दलको चेतावनी
नेपालमा राष्ट्र निर्माण र युवा शक्ति: राष्ट्रिय सेवा दलको तालिम विस्तार आवश्यक
नेपालमा राष्ट्र निर्माण र युवा शक्ति: राष्ट्रिय सेवा दलको तालिम विस्तार आवश्यक
ढोरपाटनमा पिकअप दुर्घटना: मृत्यु र घाइतेको पहिचान खुल्यो
ढोरपाटनमा पिकअप दुर्घटना: मृत्यु र घाइतेको पहिचान खुल्यो
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
आजको मौसम पूर्वानुमान: कोशी र मधेस प्रदेशमा आंशिक बदली, बाँकी क्षेत्रहरूमा मौसम शान्त र सफा
आजको मौसम पूर्वानुमान: कोशी र मधेस प्रदेशमा आंशिक बदली, बाँकी क्षेत्रहरूमा मौसम शान्त र सफा
एसइईमा चिट चोर्न प्रयोग गरिएका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्ट
एसइईमा चिट चोर्न प्रयोग गरिएका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्ट
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?