singel post top banner

नवलपरासीमा भीषण दुर्घटना: ईभी भ्यान र ट्रक टक्कर, १० जना घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आषाढ २३, २०८३
103 Views
नवलपरासीमा भीषण दुर्घटना: ईभी भ्यान र ट्रक टक्कर, १० जना घाइते
समाचार सारांश
  • काठमाडौं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) मा भएको भीषण सडक दुर्घटनामा १० जना घाइते भएका छन्।
  • मंगलबार बिहान बर्दघाट नगरपालिका–४ तारेभिरमा भएको सो दुर्घटनामा काठमाडौंबाट बुटवलको दिशामा जाँदै गरेको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकआपसमा ठोक्किएका हुन्।

काठमाडौं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) मा भएको भीषण सडक दुर्घटनामा १० जना घाइते भएका छन्। मंगलबार बिहान बर्दघाट नगरपालिका–४ तारेभिरमा भएको सो दुर्घटनामा काठमाडौंबाट बुटवलको दिशामा जाँदै गरेको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकआपसमा ठोक्किएका हुन्।

प्रहरीका अनुसार, दुर्घटनामा घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१० कपनका ३३ वर्षीय बद्री मगर, काठमाडौं स्वयम्भुका २५ वर्षीय नेत्रलाल नेवा, भारतीय नागरिक ६५ वर्षीय जगदीश बिएल, चितवन कालिका नगरपालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, रुपन्देही बुटवल उपमहानगरपालिका–४ अमरपथका ४० वर्षीय रूप गुरुङ, माइक्रो सहचालक ३५ वर्षीय गोविन्द थापा र माइक्रोबस चालक रुपन्देही बुटवल उपमहानगरपालिका– १२ ढवाहका ४४ वर्षीय कृष्ण थापा रहेका छन्।

अर्का घाइतेहरूमा गुल्मी इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, भारतीय नागरिक ६१ वर्षीय नन्जुण्डे गोडा र रुपन्देही बुटवल उपमहानगरपालिका–१७ का २८ वर्षीय प्रकाश भट्टराई छन्।

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार, दुर्घटनामा परी सवारीसाधनहरू घटनास्थलमै रोकिएका छन् र राजमार्गमा सवारीसाधन सञ्चालन सहज रहेको जनाएको छ। ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ का ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको र थप विवरणहरू पछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
ग्रीसको क्रिट टापुमा डुङ्गामा खचाखच भरिएका ५४० आप्रवासीको उद्धार
नेपालमा विद्यालय तहको सामाजिक अध्ययनमा बीमा शिक्षा समावेश गर्न कसरि अघि बढ्दैछ?
नेपालमा विद्यालय तहको सामाजिक अध्ययनमा बीमा शिक्षा समावेश गर्न कसरि अघि बढ्दैछ?
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
विद्युतीय सुरक्षा दिबसमा सचेतनामुलक प्रभातफेरी
काठ निकासी घुस प्रकरण: पूर्ण शङ्कर यादवसहित ३ जनालाई सजाय, कैद र जरिवाना
काठ निकासी घुस प्रकरण: पूर्ण शङ्कर यादवसहित ३ जनालाई सजाय, कैद र जरिवाना
काठमाडौंमा ‘जेन-जी पुस्ता, जनता र राजा एक हौं’ अभियान : प्रहरीको अवरोधपछि वनस्थलीमा सभा
काठमाडौंमा ‘जेन-जी पुस्ता, जनता र राजा एक हौं’ अभियान : प्रहरीको अवरोधपछि वनस्थलीमा सभा
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
नेपाल-भारत कनेक्टिविटी: सुनौली-गोरखपुर द्रुतमार्ग अन्तिम चरणमा
कक्षा १२ को वार्षिक परीक्षा मिति र समय तालिका सार्वजनिक, परीक्षा तयारीका लागि महत्वपूर्ण सूचना
कक्षा १२ को वार्षिक परीक्षा मिति र समय तालिका सार्वजनिक, परीक्षा तयारीका लागि महत्वपूर्ण सूचना
अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
अभिजीत दीपकेसहित कक्रोच जनता पार्टीका ३ शीर्ष नेता प्रहरी हिरासतमा रहेको दाबी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?