इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
- काठमाडौँ — इरानले अमेरिका र इजरायलले गरेको आक्रमणका कारण हालसम्म १९३ जना बालबालिकाको मृत्यु भएको जनाएको छ।
- ती मृतकमा ८ महिनाकी शिशु समेत रहेको बताइएको छ।
काठमाडौँ — इरानले अमेरिका र इजरायलले गरेको आक्रमणका कारण हालसम्म १९३ जना बालबालिकाको मृत्यु भएको जनाएको छ। ती मृतकमा ८ महिनाकी शिशु समेत रहेको बताइएको छ। इरान सरकारले सोमबार जारी गरेको बयानमा यस घटनाको बारेमा जानकारी दिएको हो।
इरानी सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाका तस्वीर राखिएको बोर्ड अगाडि उभिँदै ती जानकारी दिएका हुन्। उनका अनुसार युद्धका क्रममा ४ महिनाको अर्को शिशु गम्भीर घाइते भएका छन्।
मेहर समाचार संस्थाका अनुसार मोहाजेरानीले युद्धका क्रममा स्वास्थ्य र चिकित्सासम्बन्धी संरचनामाथि आक्रमण भएको आरोप लगाएकी छन्। उनले थपिन् कि हालसम्म भएका आक्रमणमा ११ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। साथै, ५२ वटा स्वास्थ्य सेवा इकाइहरू प्रभावित भएका छन्। २९ वटा चिकित्सा केन्द्रहरू क्षतिग्रस्त भएका छन् भने १९ वटा आपतकालीन सेवा केन्द्रहरू आक्रमणको निशानामा परेका छन्।
इरानले जनाएको छ कि यसक्रममा १६ वटा एम्बुलेन्समाथि आक्रमण भएको छ। तीमध्ये ४ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने एउटा उद्धार हेलिकोप्टर समेत नष्ट भएको छ। इरानले अमेरिका र इजरायललाई नागरिक र स्वास्थ्य संरचनामाथि आक्रमण गरेको आरोप लगाउँदै आएको छ। यो घटना अन्तर्राष्ट्रिय समुदायमा व्यापक ध्यानाकर्षण गराएको छ, र युद्धको परिणामस्वरूप मानवीय संकट गम्भीर बन्न सक्ने आशंका व्यक्त गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






