singel post top banner

महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, फाल्गुन २०, २०८२
140 Views
महोत्तरीमा इँटाभट्टाबाट ठूलो मात्रामा मदिराजन्य पदार्थ बरामद
समाचार सारांश
  • महोत्तरी ।
  • महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५, ढकिया टोलस्थित एक इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको छ।

महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५, ढकिया टोलस्थित एक इँटाभट्टाबाट प्रहरीले मदिराजन्य पदार्थ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टका अनुसार, लुकाइछिपाइ राखिएको उक्त मदिराजन्य पदार्थलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, इँटाभट्टाबाट ३ कार्टुन अर्ना बियर, ७ कार्टुन कर्णाली गोल्ड, ३ कार्टुन ब्रिक्स वाइन र १७ बोत्तल ब्ल्याक ओके मदिराजन्य पदार्थ जफत गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रुपमा सम्पन्न गर्न फाल्गुन १४ गतेदेखि नै मदिरा बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा ठूला मात्रामा मदिराजन्य पदार्थ भेटिएपछि प्रहरीले जफत गरेको हो।

प्रहरीका अनुसार, उक्त इँटाभट्टामा करिब २५० जना मजदुरको कार्यरत रहेको र त्यहाँ कुनै पार्टीको झण्डा वा प्रचार सामग्री भेटिएको छैन। प्रहरीले भने, बरामद मदिराजन्य पदार्थलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

यस घटना संगै, महोत्तरी जिल्लामा निर्वाचनको सुरक्षा र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न थप कडाइका साथ निगरानी भइरहेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजा सहित दुई व्यक्ति पक्राउ
सिमलताल पहिरोमा बगाएका दुई बसमध्ये एक बसको डेढ वर्षपछि भेटियो
सिमलताल पहिरोमा बगाएका दुई बसमध्ये एक बसको डेढ वर्षपछि भेटियो
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
म्याग्दीको बेनी नगरपालिकाको सडक सुधारको प्रतिबद्धता, गुणस्तरलाई प्राथमिकता
म्याग्दीको बेनी नगरपालिकाको सडक सुधारको प्रतिबद्धता, गुणस्तरलाई प्राथमिकता
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
मिथिलामा छठ पर्वको तयारी सुरु
मिथिलामा छठ पर्वको तयारी सुरु
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?