singel post top banner

नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, माघ २६, २०८२
188 Views
नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल
समाचार सारांश
  • काठमाडौँ — नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन र सहयोग आदानप्रदानका विषयमा महत्वपूर्ण छलफल भएको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारीले भेटवार्तामा भाग लिएका थिए।

काठमाडौँ — नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन र सहयोग आदानप्रदानका विषयमा महत्वपूर्ण छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारीले भेटवार्तामा भाग लिएका थिए। यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम। ए। अलोबैदली र कतार एयरवेजका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए।

भेटघाटका क्रममा दुवै पक्षले नेपालको पर्यटन, लगानी र व्यापार विस्तारका लागि आवश्यक नीतिगत सुधारहरूमा जोड दिनुका साथै हवाई सम्पर्क विस्तार गर्न महत्वपूर्ण कदम चाल्ने सहमति जनाएका छन्। विशेष गरी, नेपाल र कतारबीच सिधा हवाई उडान संख्या बढाउने, नयाँ गन्तव्य थप्ने र सहकार्यका नयाँ अवसरहरू अन्वेषण गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याएका थिए। उनले नेपालमा पर्यटन, लगानी र व्यापार प्रवद्र्धनका लागि सरकारले नीति र सहजीकरणमा जोड दिइरहेको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले नेपाल–कतारबीच पर्यटन, उड्डयन, होटल र पूर्वाधार क्षेत्रमा सम्भावनाहरू रहेको बताए। उनले कतारी लगानीकर्ताका लागि नेपालमा जलविद्युत्, पर्यटन, कृषि र सेवाका क्षेत्रमा आकर्षक अवसरहरू रहेको उल्लेख गरे।

कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम। ए। अलोबैदलीले दीर्घकालीन आर्थिक सहकार्य र निजी क्षेत्रको चासो व्यक्त गर्दै, उड्डयन र पर्यटनले दुई देशबीचको व्यापार र जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

यस भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र पर्यटन प्रवद्र्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कतारी प्रतिनिधि मण्डल नेपाल कतार संयुक्त व्यवसाय परिषद् (जेबिसी) को बैंठकका लागि नेपाल आएको हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘जनकपुरधाम साहित्य, कला र अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सुरु, सांस्कृतिक विविधता र एकता को उत्सव
‘जनकपुरधाम साहित्य, कला र अन्तरराष्ट्रिय नाट्य महोत्सव’ सुरु, सांस्कृतिक विविधता र एकता को उत्सव
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
पर्साको सखुवा प्रसौनीमा जन्ती बोकेको कार दुर्घटना, एकको मृत्यु, एक जना गम्भीर घाइते
इलाम विपद् प्रभावित क्षेत्र: संघीय बजेट नआएपछि पुनर्निर्माण र पूर्वाधार संकटमा
इलाम विपद् प्रभावित क्षेत्र: संघीय बजेट नआएपछि पुनर्निर्माण र पूर्वाधार संकटमा
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
संघर्ष र तनावको चर्को अवस्था: सिमरा क्षेत्रमा लगातार दोहोरिएको झडप र कर्फ्यु घोषणा
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
केपी ओली झापामा घर–घर पुग्दै, निर्वाचन अभियानलाई तीव्रता दिएपछि सक्रियता बढाउँदै
रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन पुगे
रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन पुगे
युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक
युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?