singel post top banner

वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, पौष २२, २०८२
288 Views
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
समाचार सारांश
  • वीरगन्ज ।
  • वीरगन्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था थप गम्भीर बन्दै गएपछि संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थपिएको छ।

वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था थप गम्भीर बन्दै गएपछि संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थपिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति र सुरक्षा कायम राख्नका लागि कर्फ्यु अवधि अझै बढाएको जानकारी दिएको छ।

मंगलबार दिउँसो जारी विज्ञप्तिमा प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यु जारी रहने जनाएको छ। यसअघि सोमबार साँझदेखि लागु गरिएको कर्फ्युको अवधि मंगलबार बिहान ८ बजेसम्म थियो, जुन अब बेलुका ६ बजेसम्म निरन्तरता दिइएको हो।

प्रशासनका अनुसार, अवाञ्छित गतिविधि तथा असमाजिक तत्वहरूको गतिविधि रोक्न र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न कर्फ्यु थपिएको हो। यस क्रममा यातायात, भेला, जुलुस, प्रदर्शन, सभा र बैठक जस्ता सबै सार्वजनिक गतिविधि पूर्ण रूपमा निषेधित गरिएको छ।

अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन जिल्ला प्रशासनले कडाइका साथ आग्रह गरेको छ। कर्फ्यु उल्लंघन गर्नेहरूविरुद्ध कडा कदम चालिने र आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको स्पष्ट गरेको छ।

वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उत्तरमा गण्डक चोकसम्म कर्फ्यु लागू गरिएको छ। प्रशासनको यस कदमले शान्ति र सुरक्षा कायम राख्ने उद्देश्य राखिएको छ भने सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल र जापानको मित्रता र लगानीका अवसरहरू: राष्ट्रपति पौडेलको टोकियो सम्बोधन
नेपाल र जापानको मित्रता र लगानीका अवसरहरू: राष्ट्रपति पौडेलको टोकियो सम्बोधन
सुकुमवासीहरूको प्रदर्शन: सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनविरुद्ध आवाज
सुकुमवासीहरूको प्रदर्शन: सरकारले होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनविरुद्ध आवाज
पशुपतिनाथ क्षेत्रको महाशिवरात्रिमा थुप्रिएका फोहोरमैला सफाइ अभियान
पशुपतिनाथ क्षेत्रको महाशिवरात्रिमा थुप्रिएका फोहोरमैला सफाइ अभियान
काठमाडौं प्रहरीको अपराध अनुसन्धान: १० लाख रुपैयाँसहित चोरीका मुख्य अभियुक्त पक्राउ
काठमाडौं प्रहरीको अपराध अनुसन्धान: १० लाख रुपैयाँसहित चोरीका मुख्य अभियुक्त पक्राउ
चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री र उद्धार विशेषज्ञ पठायो
चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री र उद्धार विशेषज्ञ पठायो
रास्वपा र सरकारका सांसदबीच असमझदारी: रवि लामिछाने नेतृत्वमा बैठक बस्ने तयारी
रास्वपा र सरकारका सांसदबीच असमझदारी: रवि लामिछाने नेतृत्वमा बैठक बस्ने तयारी
चितवनमा मतदाता सूचीबाट ३ हजार ३६२ जनाको नाम हटाइयो
चितवनमा मतदाता सूचीबाट ३ हजार ३६२ जनाको नाम हटाइयो
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
तुलसीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
झापाका सरोज शर्मा हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान गर्ने इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा
झापाका सरोज शर्मा हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान गर्ने इन्स्पेक्टर केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?