singel post top banner

वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, पौष २२, २०८२
235 Views
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
समाचार सारांश
  • वीरगन्ज ।
  • वीरगन्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था थप गम्भीर बन्दै गएपछि संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थपिएको छ।

वीरगन्ज । वीरगन्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था थप गम्भीर बन्दै गएपछि संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थपिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति र सुरक्षा कायम राख्नका लागि कर्फ्यु अवधि अझै बढाएको जानकारी दिएको छ।

मंगलबार दिउँसो जारी विज्ञप्तिमा प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यु जारी रहने जनाएको छ। यसअघि सोमबार साँझदेखि लागु गरिएको कर्फ्युको अवधि मंगलबार बिहान ८ बजेसम्म थियो, जुन अब बेलुका ६ बजेसम्म निरन्तरता दिइएको हो।

प्रशासनका अनुसार, अवाञ्छित गतिविधि तथा असमाजिक तत्वहरूको गतिविधि रोक्न र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न कर्फ्यु थपिएको हो। यस क्रममा यातायात, भेला, जुलुस, प्रदर्शन, सभा र बैठक जस्ता सबै सार्वजनिक गतिविधि पूर्ण रूपमा निषेधित गरिएको छ।

अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन जिल्ला प्रशासनले कडाइका साथ आग्रह गरेको छ। कर्फ्यु उल्लंघन गर्नेहरूविरुद्ध कडा कदम चालिने र आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको स्पष्ट गरेको छ।

वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उत्तरमा गण्डक चोकसम्म कर्फ्यु लागू गरिएको छ। प्रशासनको यस कदमले शान्ति र सुरक्षा कायम राख्ने उद्देश्य राखिएको छ भने सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालको सीमा सम्बन्धी विवाद समाधानका लागि कूटनीतिक प्रयास जारी, भारतसँग सीमा टुंग्याउने सरकारको दृढ प्रतिबद्धता
नेपालको सीमा सम्बन्धी विवाद समाधानका लागि कूटनीतिक प्रयास जारी, भारतसँग सीमा टुंग्याउने सरकारको दृढ प्रतिबद्धता
सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट: ४ जना पक्राउ; बोलेरो गाडी सहित र ₹3.1 करोड नगद बरामद
सिन्धुलीमा एसबिआई बैंकमा लुटपाट: ४ जना पक्राउ; बोलेरो गाडी सहित र ₹3.1 करोड नगद बरामद
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बिक्री
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बिक्री
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले सरकारलाई २७ बुँदे माग प्रस्तुत
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले सरकारलाई २७ बुँदे माग प्रस्तुत
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?