singel post top banner

मधेश प्रदेशमा धार्मिक सद्भाव र सुरक्षा चोकसी: धनुषा र वीरगञ्जमा तनावपूर्ण अवस्था

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, पौष २०, २०८२
177 Views
मधेश प्रदेशमा धार्मिक सद्भाव र सुरक्षा चोकसी: धनुषा र वीरगञ्जमा तनावपूर्ण अवस्था
समाचार सारांश
  • काठमाडौँ ।
  • मधेश प्रदेशको धनुषा र पर्सा जिल्लासहित आठ वटा जिल्लामा हाल सुरक्षा सतर्कता बढाइएको छ।

काठमाडौँ । मधेश प्रदेशको धनुषा र पर्सा जिल्लासहित आठ वटा जिल्लामा हाल सुरक्षा सतर्कता बढाइएको छ। जनकपुरधाम र वीरगञ्जमा धर्म र संस्कृतिलाई लक्षित गरी टिकटकमा अभद्र टिप्पणी र भिडियो पोस्ट गरेको विषयलाई लिएर तनाव उत्पन्न भएको हो। उच्च सुरक्षा व्यवस्था कायम गर्न निर्देशन दिइएको स्रोतले जानकारी दिएको छ।

केहिदिन अघि जनकपुरमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोस्ट गरेको भन्दै हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो। सो भिडियोमा धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको टिप्पणीसमेत गरिएको थियो। स्थानीय अगुवाहरुले ती युवाहरुलाई नियन्त्रणमा लिएर प्रहरी जिम्मा लगाएका थिए।

त्यसै क्रममा, इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला केही युवाहरु आक्रोशित भए र प्रदर्शन गरे। यस क्रममा मस्जिदमा आक्रमण समेत भएको थियो। प्रहरीका अनुसार, आक्रमणमा संलग्न व्यक्तिहरूलाई पनि पक्राउ गरिएको छ।

धनुषा र वीरगञ्जमा जारी तनावका कारण सुरक्षा अधिकारीहरूले थप सतर्कता अपनाएका छन्। उच्च सुरक्षा स्रोतले ‘संवेदनशील परिस्थिति’ का कारण थप सतर्कता आवश्यक भएको बताएका छन्। मधेश प्रदेशका जनतामा धार्मिक सद्भाव कायम राख्न र शान्ति कायम राख्न सरकार र सुरक्षा निकायले ध्यान केन्द्रित गरिरहेको छ। यस विषयमा थप अनुसन्धान र आवश्यक कदमहरू चालिनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
‘बिग बास १७’ बाट चिनिएर आयशा खान अहिले सोशल मिडियामा निकै चर्चित, अब बलिउडमा पनि एंट्री गर्न लाग्दै
आयोगले नयाँ व्यवस्था लागू, खर्च पारदर्शिता सुनिश्चित गर्न बैंक र वित्तीय संस्थाबाट गर्नुपर्ने
आयोगले नयाँ व्यवस्था लागू, खर्च पारदर्शिता सुनिश्चित गर्न बैंक र वित्तीय संस्थाबाट गर्नुपर्ने
नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर, बाढीपीडित ज्येष्ठ नागरिकलाई राहत
नुवाकोटको सिर्खलीमा नि:शुल्क स्वास्थ्य शिविर, बाढीपीडित ज्येष्ठ नागरिकलाई राहत
मधेश प्रदेशले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण, सुरक्षा व्यवस्थामा थप मजबूती
मधेश प्रदेशले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण, सुरक्षा व्यवस्थामा थप मजबूती
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
कञ्चनपुरको मोहना नदी डोकेबजार बेलौरी बेलडाँगी दैजी सडकखण्डको ठेक्का रद्द
कञ्चनपुरको मोहना नदी डोकेबजार बेलौरी बेलडाँगी दैजी सडकखण्डको ठेक्का रद्द
जनकपुरधाम र मधेशका जिल्लाहरूमा तनावपछि कर्फ्यु हटाइएपछि निषेधाज्ञा जारी
जनकपुरधाम र मधेशका जिल्लाहरूमा तनावपछि कर्फ्यु हटाइएपछि निषेधाज्ञा जारी
सर्वोच्चको अन्तरिम आदेशको तयारी, मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा छलफल आज
सर्वोच्चको अन्तरिम आदेशको तयारी, मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा छलफल आज
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
सशस्त्र प्रहरीका दुई महिला आरोहीले गरे सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?