singel post top banner

सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ

belwo post title ad banner
महेश सिंह महेश सिंह
शनिबार, पौष ५, २०८२
279 Views
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
समाचार सारांश
  • सिराहा — सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ युवकलाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीको टोलीले शुक्रबार अपराह्न धनगढी माई नगरपालिका ८ को कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान नगरपालिका २३ बाट १६ ग्राम ५ मिलिग्राम लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

सिराहा — सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले शुक्रबार अपराह्न धनगढी माई नगरपालिका ८ को कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान नगरपालिका २३ बाट १६ ग्राम ५ मिलिग्राम लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले विशेष सूचनाको आधारमा कार्यवाही गरेको हो। धनगढीमाई नगरपालिका ८ का २९ वर्षीय देवराज वली र सिन्धुलीको कमलामाई नगरपालिका ६ का ३४ वर्षीय सुशील अधिकारीलाई ज.१ ह ३९३० नम्बरको अटोमा सवार भएर जाँच गर्न आएको बेला लागूऔषधसहित पक्राउ गरिएको हो।

अस्थायी प्रहरी पोस्ट कसहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा गोलबजारबाट खटिएको टोलीले जाँच गर्दा उक्त पदार्थ फेला परेको हो। प्रहरीका अनुसार, उनीहरूलाई लागुऔषधको मात्रा र प्रयोगका बिषयमा थप अनुसन्धान भइरहेको छ।

त्यसैगरी, लहान नगरपालिका २३ का गढिया चोकबाट स्थानीय ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दासलाई १६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी ओमप्रकाश पण्डितले बताए।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको र लागुऔषध कारोबार रोक्नका लागि कडाइका साथ कदम चालेको जानकारी दिएको छ। यस प्रकारको सफल कार्यवाहीले सिराहा जिल्लामा लागूऔषधको अवैध कारोबारलाई नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काभ्रेपलाञ्चोकमा ओभरलोड टिपर सञ्चालनमा नियमन
काभ्रेपलाञ्चोकमा ओभरलोड टिपर सञ्चालनमा नियमन
जनकपुरधाममा अभियानले फुटपाथ अतिक्रमण हटाउँदै व्यवस्थित शहर बनाउने दिशा लियो
जनकपुरधाममा अभियानले फुटपाथ अतिक्रमण हटाउँदै व्यवस्थित शहर बनाउने दिशा लियो
कैलालीमा नेपाली सेनाको फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट, हुद्दा हिमाल विक्रम विष्टको मृत्यु, सहसेनानी घाइते
कैलालीमा नेपाली सेनाको फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट, हुद्दा हिमाल विक्रम विष्टको मृत्यु, सहसेनानी घाइते
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
धादिङमा दुई बसको भीषण टक्करबाट, एक व्यक्तिको मृत्यु, घाइतेहरूको खोजी जारी
धादिङमा दुई बसको भीषण टक्करबाट, एक व्यक्तिको मृत्यु, घाइतेहरूको खोजी जारी
मधेस प्रदेशमा सरकार विस्तारमा ढिलाई, मन्त्रिमण्डल पूर्णता पाउन बाँकी
मधेस प्रदेशमा सरकार विस्तारमा ढिलाई, मन्त्रिमण्डल पूर्णता पाउन बाँकी
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
रास्वपा सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस र पार्टी विधान संशोधनमा छलफल
रास्वपा सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस र पार्टी विधान संशोधनमा छलफल
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको उल्लास
मनोकामना एजुकेसनल एकेडेमीमा दसैंको उल्लास
singel sidbar banner
singel sidbar banner 2