मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एशोसिएसनको प्रभातफेरी कार्यक्रम
- जनकपुरधाम — नेपाल बार एशोसिएसनले आज मानव अधिकार दिवसको अवसरमा एक महत्वपूर्ण प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
- मानव अधिकारः सुशासन र न्यायको आधार भन्ने नाराका साथ आयोजित यस प्रभातफेरीले मानव अधिकारको संरक्षण र सुशासन प्रवर्द्धनमाथि जोड दिएको थियो।
जनकपुरधाम — नेपाल बार एशोसिएसनले आज मानव अधिकार दिवसको अवसरमा एक महत्वपूर्ण प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। मानव अधिकारः सुशासन र न्यायको आधार भन्ने नाराका साथ आयोजित यस प्रभातफेरीले मानव अधिकारको संरक्षण र सुशासन प्रवर्द्धनमाथि जोड दिएको थियो।
कार्यक्रमको क्रममा, बारले आजदेखि नै मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी–२०८२ र ५१ औं केन्द्रिय कार्यकारिणी परिषद्को बैठकको पनि उद्घाटन गरेको छ। प्रभातफेरीमा सहभागी कानूनकर्मीहरूले “सुशासन कायम गर”, “लोकतन्त्रको जग सबल बनाउ”, “नागरिक अधिकारको संरक्षण गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रभातफेरीपछि बोल्दै बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोईरालाले भने, “हामी हरेक वर्ष मानव अधिकार दिवस मनाउँदै आएका छौं र यस वर्ष भने हामीले जनकपुरधाममा यसलाई मनाउन लागेकोछौं। यसले मानव अधिकारको महत्वलाई उजागर गर्दछ र समुदायमा जागरूकता फैलाउने काम गर्दछ।” उनले थप भने, “वर्षभरका मानव अधिकार सम्बन्धी गतिविधिहरूको बारेमा बहस र छलफल गरिनेछ। अन्ततः, बारले जनकपुरधाम घोषणापत्र पनि जारी गर्ने योजना छ।”
यस कार्यक्रमले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा थप जागरूकता ल्याउने अपेक्षा गरिएको छ। यसले सुशासन र नागरिक अधिकारको संरक्षणलाई प्राथमिकता दिनुका साथै लोकतन्त्रको विकासमा समेत टेवा पुर्याउनेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






