singel post top banner

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध जारी, आन्दोलन र बहिष्कारको आह्वान

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बुधबार, कार्तिक २६, २०८२
106 Views
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिपछि सात दलको विरोध जारी, आन्दोलन र बहिष्कारको आह्वान
समाचार सारांश
  • जनकपुरधाम।
  • मधेश प्रदेशमा नेकपा एमालेको नयाँ मुख्यमन्त्री नियुक्तिपछि जारी भएको राजनीतिक आन्दोलन अझ तीव्र रुपमा जारी रहेको छ।

जनकपुरधाम। मधेश प्रदेशमा नेकपा एमालेको नयाँ मुख्यमन्त्री नियुक्तिपछि जारी भएको राजनीतिक आन्दोलन अझ तीव्र रुपमा जारी रहेको छ। मंगलबार रातिदेखि जारी विज्ञप्तिमा सात दलले मधेश प्रदेशमा नियुक्त भएको मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार गर्न र कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुन आह्वान गरेका छन्। यसले गर्दा प्रदेशको राजधानी जकनपुरधाम अझै सामान्य अवस्थाबाट टाढै रहेको देखिन्छ।

मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाबाट सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि सात दलले ती नियुक्तिलाई खारेज गर्न माग गर्दै विरोध प्रदर्शन थालेका हुन्। उनीहरूले बुधबार बिहान ८ः३० बजेदेखि ‘विरोध तथा शान्तिपूर्ण आन्दोलन’ सञ्चालन गर्ने निर्णय गरेपछि प्रदेशको राजधानीमा आक्रोश र तनाव देखा परेको छ।

मंगलबार पनि सात दलले मुख्यमन्त्रीको नियुक्ति र संविधान, संघीयता तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि सडकमा आन्दोलन गरे। आन्दोलनको क्रममा सुरक्षा बलहरूको टोलीले आन्दोलनकारीमाथि लाठीचार्ज, अश्रुग्यास प्रहार र क्रूर दमन गरेको भन्दै सात दलले ती घटनाको कडा भर्त्सना गरेका छन्। उनीहरूले ती घटनामा संलग्न सुरक्षा कर्मीलाई कारबाही गर्न समेत माग गरेका छन्। साथै, आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीको स्वास्थ्य चाँडो सुधार होस् भनेर शुभकामना पनि व्यक्त गरिएको छ।

सात दलले महोत्तरी र सिन्धुलीको सिमानानजिकै रहेको पानस रेस्टुरेन्टमा शपथ ग्रहण गरेका मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रीपरिषदका सदस्यहरूलाई सार्वजनिक रूपमा बहिस्कार गर्न र विरोध गर्न अपिल गरेको छ। यस आह्वानपछि प्रदेशको राजनीतिक माहोल अझ तातिएको छ र आन्दोलन जारी रहने संकेत मिलेको छ।

यसैबीच, प्रदेशको प्रशासनिक र सुरक्षा व्यवस्था सतर्क रहेको देखिएको छ, तर सामान्य जनजीवन प्रभावित भइरहेको छ। राजनीतिक तनाव र आन्दोलनका कारण प्रदेशको स्थिरता र विकासक्रममा प्रभाव पर्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

तराई-मधेसमा बुहारी हत्या र आत्महत्याका घटनामा प्रहरीको निष्क्रियता, छानबिन अझै अघि बढेन
तराई-मधेसमा बुहारी हत्या र आत्महत्याका घटनामा प्रहरीको निष्क्रियता, छानबिन अझै अघि बढेन
मधेश भवनमा तोडफोडपछि तनाव, मुख्यमन्त्री यादवले दोषीमाथि कारवाहीको लगाए प्रतिबन्ध
मधेश भवनमा तोडफोडपछि तनाव, मुख्यमन्त्री यादवले दोषीमाथि कारवाहीको लगाए प्रतिबन्ध
प्रधानमन्त्री शाहले भने : भारतले मात्र होइन, नेपाल
प्रधानमन्त्री शाहले भने : भारतले मात्र होइन, नेपाल
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको होस्टल संचालक आरोपमा पक्राउ
नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल
नेपाल–कतार सम्बन्ध प्रवर्द्धन: आर्थिक, पर्यटन र हवाई सहकार्यबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
अधुरो सामुदायिक भवनहरू, बजेट अभाव र विकासमा ढिलाइ – स्थानीयको माग र चुनौतीहरू
अधुरो सामुदायिक भवनहरू, बजेट अभाव र विकासमा ढिलाइ – स्थानीयको माग र चुनौतीहरू
सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता
सशस्त्र प्रहरी बलले स्वर्गीय सुरज साउँदको परिवारलाई सम्मान र आर्थिक सहायता
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?