singel post top banner

राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, चैत्र २६, २०८१
287 Views
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
समाचार सारांश
  • राप्ती, चैत २६ ।
  • राप्ती नगरपालिक वडा नं १० वडा नं १० चौघरा र किरणटारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ९३० जनाको उपचार गरिएको छ ।

राप्ती, चैत २६ । राप्ती नगरपालिक वडा नं १० वडा नं १० चौघरा र किरणटारमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ९३० जनाको उपचार गरिएको छ ।

सीमान्तकृत चेपाङ समुदायलाई केन्द्रीत गरी आयोजना गरिएको शिविरमा बृद्धा, बालबालिका सहित स्थानीयहरुको उपचार गरिएको थियो । सोमबार चौघरा कोराक स्वास्थ्य चौकी र मंगलबार राष्ट्रिय आधारभूत विद्यालय किरणटारमा शिविर गरिएको हो ।

ग्रिन सोसाइटी नेपाल सौराहाको आयोजना तथा ग्रीन सोसाइटी पब्लिक स्कूल, राप्ती नगरपालिका वडा नं १०, रत्ननगर प्याब्सन, जेसीआई खैरहनी पर्साको सह–आयोजना र शान्ति सेवागृह काठमाडौंको प्राविधिक सहयोगमा विकट बस्तीमा शिविर गरिएको हो । कोराकमा १८९ जना वृद्धवृद्धा र अन्य उमेर समूहका तथा ९७ जना बालबालिका गरी २८६ जना र किरणटारमा ६५० जनाको उपचार गरिएको छ ।

राष्ट्रिय आधारभूत विद्यालय किरणटारमा आयोजित शिविरमा २१० जना बालबालिका सहित ६५० जनाको उपचार गरी निःशुल्क औषधि समेत वितरण गरिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए ।

शिविरमा सुगर, प्रेसर, टिटानस भ्याक्सिन, एक्सरे, दन्त रोग, फिजियो थेरापी, रक्त परीक्षण, आँखा उपचार, चस्मा वितरण र स्त्री रोगसम्बन्धी जाँचसँगै निःशुल्क औषधि, ब्रस, मञ्जन, लिटो र झुल वितरण गरिएको परियारले बताए ।

ग्रिन सोसाइटीका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष तेजबहादुर तामाङ रहेका थिए । यसैबीच सोमबार चौघरा कोराक स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य शिविरमा पुगेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्थानीय पूर्णिमाया चेपाङको जीवन जोगाउन सफल भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएर उपचार गर्न आएकी उनको अबस्था गम्भिर रहेको थियो ।

तर, समयमै स्वास्थ्यकर्मी र आयोजकको तत्परताले उनको ज्यान जोगियो । भण्डारा बजारबाट तुरुन्तै अक्सिजन ल्याइयो, प्राथमिक उपचार गरियो र थप उपचारका लागि अस्पताल पठाइयो ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाल खानेपानी संस्थानले १९८ पदको विज्ञापन रद्द गर्यो
नेपाल खानेपानी संस्थानले १९८ पदको विज्ञापन रद्द गर्यो
आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क जाने, जलवायु परिवर्तन र भोटेकोशी बाढीको प्रभावमा राष्ट्रसंघमा सम्बोधन गर्न
प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क जाने, जलवायु परिवर्तन र भोटेकोशी बाढीको प्रभावमा राष्ट्रसंघमा सम्बोधन गर्न
साउदी–यमन संवाद अघि बढाउन सहयोग गर्ने इरानको प्रस्ताव
साउदी–यमन संवाद अघि बढाउन सहयोग गर्ने इरानको प्रस्ताव
संसदीय समितिका पाँच बैठकमा अनुपस्थित सांसदलाई कारबाहीको व्यवस्था
संसदीय समितिका पाँच बैठकमा अनुपस्थित सांसदलाई कारबाहीको व्यवस्था
वीर अस्पतालमा आकस्मिक कक्षको विस्तार
वीर अस्पतालमा आकस्मिक कक्षको विस्तार
सम्पत्ति छानबिन आयोगविरुद्ध दुई रिट निवेदन, संवैधानिक इजलासको विवाद तीव्र
सम्पत्ति छानबिन आयोगविरुद्ध दुई रिट निवेदन, संवैधानिक इजलासको विवाद तीव्र
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
सिरहामा शीतलहरका कारण जनजीवन प्रभावित, राहतकार्य शुरु
सिरहामा शीतलहरका कारण जनजीवन प्रभावित, राहतकार्य शुरु
उपराष्ट्रपति यादवको भनाइ: जेनजी आन्दोलनले नेपालको नयाँ दिशा निर्धारण गर्‍यो
उपराष्ट्रपति यादवको भनाइ: जेनजी आन्दोलनले नेपालको नयाँ दिशा निर्धारण गर्‍यो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?