singel post top banner

७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
सोमबार, कार्तिक २४, २०८२
107 Views
७ जेनजी समूहको एकता घोषणा: प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संघर्षको चेतावनी
समाचार सारांश
  • काठमाडौँ — सात वटा जेनजी समूहले एकता घोषणा गर्दै आफू र जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।
  • यस सम्बन्धमा सोमबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा ती समूहले सरकारलाई अन्तिम चेतावनी समेत दिएका छन्।

काठमाडौँ — सात वटा जेनजी समूहले एकता घोषणा गर्दै आफू र जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। यस सम्बन्धमा सोमबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा ती समूहले सरकारलाई अन्तिम चेतावनी समेत दिएका छन्।

समारोहमा ‘जेनजी एकता अभियान नेपाल’ का संयोजक सुप्रीया नेपालीले सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको नाममा जेनजीहरुलाई छानिछानी पक्राउ गरेकोप्रति आक्रोश व्यक्त गरिन्। उनले भनिन्, “हामीले हाम्रो मर्म अनुसार काम गर्न सकिरहेका छैनौं, यसकारण सरकारको निरंकुशता र भ्रष्टाचारको विरोधमा हाम्रो आक्रोश पोख्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्न बाध्य भएका छौं।”

पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले भने, “जेनजीहरुको बलबाट मात्रै सरकार बनेको हो, र अहिले सरकार उनीहरूलाई नै आतंकित गर्न थालेको देखिन्छ। विद्रोहले नेपालका भ्रष्ट र दलाल नेताहरुलाई सचेत गराएको छ, तर त्यस्तो सुरक्षाको व्यवस्था कायम हुन सकेको छैन। अहिलेको सरकार र ओली सरकारबीच कुनै फरक छैन। ओली र उनको सरकारलाई गोली हान्न आदेश दिने जिम्मेवारहरुलाई पक्रेर अनुसन्धान गर्नुपर्छ।”

जेनजी एकता अभियान नेपालका प्रवक्ता विरजन विश्वकर्माले भने, “जेनजी परिषद्, जेनजी २.०, जेनजी पिपुल, रियल जेनजी मुभमेन्ट नेपाल, जेनजी नेपाल, एनटेक–जेड र अछाम जेनजी ग्रुप गरी ७ वटा समूहबीच एकता भएको घोषणा गर्दछौं। हामी सबै मिलेर देशको वर्तमान विषम परिस्थितिबाट जेनजी एकजुट भएर लड्नेछौं।”

सल्लाहकार मेगराज खत्रीले भने, “देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै जेनजी एक ठाउँमा आउने अभियान चलाएको छ। यसले हाम्रो देशको बर्तमान संघर्षलाई बलियो बनाउनेछ। साथै, अहिलेको सरकार पनि विगतभन्दा भिन्न नभएकोले हामी चनाखो हुनुपर्ने र विदेशी तथा देशी शक्तिहरूको खेललाई ध्यान दिन आवश्यक छ।”

जेनजी कुन्दन कुशवाहले भने, “पछिल्लो समयमा सरकारले परिवर्तनकारीहरूविरुद्ध दमनात्मक कदम चाल्न थालेको छ। हामी सबै एकजुट भएर भ्रष्टाचार र कुशासन विरुद्ध संघर्ष गर्नुपर्ने धारणा राख्छौं।”

जेनजी मिनबहादुर खड्काले भने, “विभिन्न समूहमा विभक्त भएका जेनजीहरु एक ठाउँमा आएर भ्रष्टाचार र दमनका विरुद्ध लड्नु आवश्यक छ। वर्तमान अन्तरिम सरकारले हाम्रो माग पूरा गर्न नसकेकोले यसको औचित्य समाप्त भएको छ, र त्यसैले प्रधानमन्त्रीको राजीनामा आवश्यक छ।”

जेनजी रविकिरण हमालले भने, “वर्तमान सरकारले जेनजीहरुको मर्म र भावना अनुसार काम गर्न सकेन। यसकारण प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्छ।”

सहभागी अन्य नेताहरु जस्तै राजन घिमिरे, विवि पराजुली (बद्री), गणेश भट्टराई, डा. लक्ष्मी ओली, सुशीला खत्री र माधव ठकुरीले सबै जेनजी एकमत भएर संघर्षमा उत्रनुपर्ने सुझाव दिए।

अन्ततः, कार्यक्रममा उपस्थित जेनजी नेताहरुले भने, “हामी सबै मिलेर आफ्नो मागलाई पुरा गर्न दबाब दिनु आवश्यक छ। एकता नै हाम्रो बलियो आधार हो, र यसैका माध्यमबाट हामी भ्रष्टाचार र दमनविरुद्ध लड्नेछौं।”

यस पत्रकार सम्मेलनले जेनजी समूहको ठूलो एकता र संघर्षको घोषणा भएको छ, जसले नेपालको राजनीतिमा नयाँ ढंगको आवाज बुलन्द गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते
सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते
अछाममा लगातार हुने आगलागीका घटनाले दमकलको अभाव र सार्वजनिक सुरक्षाको चुनौती उजागर
अछाममा लगातार हुने आगलागीका घटनाले दमकलको अभाव र सार्वजनिक सुरक्षाको चुनौती उजागर
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना सम्पन्न, अन्तिम परिणाम तयारीमा
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना सम्पन्न, अन्तिम परिणाम तयारीमा
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा दायर पूरक रिट, आज पेसी
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
वीरगञ्जबाट पाँच महिनामा ७२ अर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थको आयात
वीरगञ्जबाट पाँच महिनामा ७२ अर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थको आयात
चितवनमा लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ, १२४ केजी गाँजा बरामद
चितवनमा लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ, १२४ केजी गाँजा बरामद
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
कोशी प्रदेश सरकारले विशाल खर्च कटौती गर्दै, साढे सात अर्बको बचत हासिल!
कोशी प्रदेश सरकारले विशाल खर्च कटौती गर्दै, साढे सात अर्बको बचत हासिल!
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?