singel post top banner

कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक १७, २०८२
202 Views
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
समाचार सारांश
  • काठमाडौँ – नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले आज नेपाली अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई शिष्टाचार भेट गर्नुभएको छ।
  • मन्त्रालयमा भएको यस भेटमा दुबै देशबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा चर्चा भएको थियो।

काठमाडौँ – नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले आज नेपाली अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको यस भेटमा दुबै देशबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा चर्चा भएको थियो।

भेटका क्रममा अर्थमन्त्री खनालले कोरिया र नेपालबीचको मित्रता र सहकार्यलाई उच्च मूल्यांकन गर्दै, कोरियाले प्रदान गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरू भनेको दुई देशबीचको मित्रता र विकासको प्रतिबद्धताको प्रमाण हो। हामी यसलाई निरन्तरता दिन चाहन्छौं र आगामी दिनहरूमा पनि सहकार्यलाई मजबुत बनाउनेछौं।”

यसै अवसरमा राजदूत पार्कले कोरियन सरकार र नेपाल सरकारबीचको ३० वर्ष पुरानो द्विपक्षीय सम्बन्धको स्मरण गर्दै, थप सहकार्य र सहमति बढाउनका लागि आशा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले आगामी दिनहरूमा थप समन्वय र सहकार्यलाई प्राथमिकता दिनेछौं। कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिनेछ।”

राजदूतले कोरियन सरकारको नयाँ योजना अनुसार, कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको जानकारी पनि दिनुभयो। यसले नेपाली कामदारहरूलाई कोरियामा रोजगारीका लागि सहजता मिल्ने अपेक्षा गरिएको छ। साथै, उहाँले इपिएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया जान चाहने नेपाली नागरिकहरूको संख्या बढ्दै गएको र उनीहरूलाई सहजै काम गर्ने अवसर उपलब्ध गराउन सहजीकरण गर्नुपर्ने बताउनुभयो।

अर्थमन्त्री खनालले भने, “कोरियन सरकार र कोइकाको सहयोगमा हामी नेपाली युवाहरुलाई रोजगारी र उद्यमशिलता प्रवर्द्धन गर्न थप कदम चाल्नेछौं। कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ, जसले नेपाली उद्यमीहरूलाई नयाँ व्यवसाय सञ्चालन गर्न मद्दत पुर्‍याउनेछ।” उहाँले यसलाई दुई देशबीचको दीर्घकालीन सहकार्यको रूपमा देख्ने बताए।

यस भेटले दुवै देशबीचको आर्थिक तथा विकास सम्बन्धलाई थप मजबुत बनाउने आशा व्यक्त गरिएको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मन्त्रीविहीन श्रम मन्त्रालयमा कार्यक्षमता ठप्प, जेनजी आन्दोलनपछि चहलपहल हरायो
मन्त्रीविहीन श्रम मन्त्रालयमा कार्यक्षमता ठप्प, जेनजी आन्दोलनपछि चहलपहल हरायो
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभामा पहिरोमा कम्तीमा ७ को मृत्यु, ८२ जना बेपत्ता
लहानमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सुरू, प्रदेशस्तरमै नयाँ स्वास्थ्य सेवा गन्तव्यको रुपमा उठ्दै
लहानमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा सुरू, प्रदेशस्तरमै नयाँ स्वास्थ्य सेवा गन्तव्यको रुपमा उठ्दै
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा लिज प्रकरण: सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
जेनजी युवाले वार्तामा बस्न अस्वीकार; मुक्का हान्ने पक्राउ नभएसम्म वार्ता नबसीने अडान
कञ्चनपुरमा नदीजन्य पदार्थको उत्खननमा असार १ देखि भदौ मसान्तसम्म रोक
कञ्चनपुरमा नदीजन्य पदार्थको उत्खननमा असार १ देखि भदौ मसान्तसम्म रोक
म्याग्दीमा पहिरोले पुरिँदा घारखोला जलविद्युत् आयोजना प्रभावित, एक जना बेपत्ता र एक जना घाइते
म्याग्दीमा पहिरोले पुरिँदा घारखोला जलविद्युत् आयोजना प्रभावित, एक जना बेपत्ता र एक जना घाइते
मधेस प्रदेशबाट एकै वर्षमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
मधेस प्रदेशबाट एकै वर्षमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
कर्णाली नदीमा बेपत्ता ट्रक चालकको खोजी एक हप्ता देखि जारी
कर्णाली नदीमा बेपत्ता ट्रक चालकको खोजी एक हप्ता देखि जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?