singel post top banner

कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, कार्तिक १७, २०८२
123 Views
कोरियन राजदूतसँग भेटमा अर्थमन्त्री खनालले दुईपक्षीय सम्बन्ध र आर्थिक सहयोगका विषयमा छलफल
समाचार सारांश
  • काठमाडौँ – नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले आज नेपाली अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई शिष्टाचार भेट गर्नुभएको छ।
  • मन्त्रालयमा भएको यस भेटमा दुबै देशबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा चर्चा भएको थियो।

काठमाडौँ – नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले आज नेपाली अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको यस भेटमा दुबै देशबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा चर्चा भएको थियो।

भेटका क्रममा अर्थमन्त्री खनालले कोरिया र नेपालबीचको मित्रता र सहकार्यलाई उच्च मूल्यांकन गर्दै, कोरियाले प्रदान गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरू भनेको दुई देशबीचको मित्रता र विकासको प्रतिबद्धताको प्रमाण हो। हामी यसलाई निरन्तरता दिन चाहन्छौं र आगामी दिनहरूमा पनि सहकार्यलाई मजबुत बनाउनेछौं।”

यसै अवसरमा राजदूत पार्कले कोरियन सरकार र नेपाल सरकारबीचको ३० वर्ष पुरानो द्विपक्षीय सम्बन्धको स्मरण गर्दै, थप सहकार्य र सहमति बढाउनका लागि आशा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले आगामी दिनहरूमा थप समन्वय र सहकार्यलाई प्राथमिकता दिनेछौं। कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गरिनेछ।”

राजदूतले कोरियन सरकारको नयाँ योजना अनुसार, कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको जानकारी पनि दिनुभयो। यसले नेपाली कामदारहरूलाई कोरियामा रोजगारीका लागि सहजता मिल्ने अपेक्षा गरिएको छ। साथै, उहाँले इपिएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया जान चाहने नेपाली नागरिकहरूको संख्या बढ्दै गएको र उनीहरूलाई सहजै काम गर्ने अवसर उपलब्ध गराउन सहजीकरण गर्नुपर्ने बताउनुभयो।

अर्थमन्त्री खनालले भने, “कोरियन सरकार र कोइकाको सहयोगमा हामी नेपाली युवाहरुलाई रोजगारी र उद्यमशिलता प्रवर्द्धन गर्न थप कदम चाल्नेछौं। कृषि विकास बैंकमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ, जसले नेपाली उद्यमीहरूलाई नयाँ व्यवसाय सञ्चालन गर्न मद्दत पुर्‍याउनेछ।” उहाँले यसलाई दुई देशबीचको दीर्घकालीन सहकार्यको रूपमा देख्ने बताए।

यस भेटले दुवै देशबीचको आर्थिक तथा विकास सम्बन्धलाई थप मजबुत बनाउने आशा व्यक्त गरिएको थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जेनजी आन्दोलनको दमन र आगजनीको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यविरुद्ध सर्वोच्चमा रिट दायर
जेनजी आन्दोलनको दमन र आगजनीको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यविरुद्ध सर्वोच्चमा रिट दायर
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश
निर्वाचन आयोगले नयाँ दल दर्ताको समयावधि बढाउँदै, मंसिर ६ गतेसम्म निवेदन दिन सकिने
निर्वाचन आयोगले नयाँ दल दर्ताको समयावधि बढाउँदै, मंसिर ६ गतेसम्म निवेदन दिन सकिने
जेन–जी आन्दोलनका माग पुरा गर्न र सरकारको विरोधमा ‘पहिला देश’ अभियानले कार्तिक १६ गते प्रदर्शनको घोषणा
जेन–जी आन्दोलनका माग पुरा गर्न र सरकारको विरोधमा ‘पहिला देश’ अभियानले कार्तिक १६ गते प्रदर्शनको घोषणा
बालेन्द्र शाह मधेश यात्रामा, सिरहाबाट धनुषासम्मको यात्रा
बालेन्द्र शाह मधेश यात्रामा, सिरहाबाट धनुषासम्मको यात्रा
एपेक शिखर सम्मेलनले क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता व्यक्त, अमेरिका–चीन व्यापार तनावपछि नयाँ दिशामा
एपेक शिखर सम्मेलनले क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता व्यक्त, अमेरिका–चीन व्यापार तनावपछि नयाँ दिशामा
मधेश प्रदेशका १८ सरकारी कार्यालयमा छड्के अनुगमन, ७२ कर्मचारी कारबाहीमा
मधेश प्रदेशका १८ सरकारी कार्यालयमा छड्के अनुगमन, ७२ कर्मचारी कारबाहीमा
वैदेशिक रोजगार विभागबाट १३ जना बिचौलिया पक्राउ, अनुसन्धान जारी
वैदेशिक रोजगार विभागबाट १३ जना बिचौलिया पक्राउ, अनुसन्धान जारी
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
रोल्पामा जिप दुर्घटना: दुई विद्यार्थीको मृत्यु, ९ घाइते, चालक पक्राउ
रोल्पामा जिप दुर्घटना: दुई विद्यार्थीको मृत्यु, ९ घाइते, चालक पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?