singel post top banner

निर्वाचन आयोगको अनुमान, २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च हुने सम्भावना

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
205 Views
निर्वाचन आयोगको अनुमान, २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च हुने सम्भावना
समाचार सारांश
  • काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको लागि २१ फागुनमा आयोजना हुने चुनावमा करिब साढे सात अर्ब रुपैयाँ खर्च अनुमान गरेको छ।
  • आयोगले यसअघि नै प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको भए पनि यसको अन्तिम टुंगो भने लागिसकेको छैन।

काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको लागि २१ फागुनमा आयोजना हुने चुनावमा करिब साढे सात अर्ब रुपैयाँ खर्च अनुमान गरेको छ।

आयोगले यसअघि नै प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको भए पनि यसको अन्तिम टुंगो भने लागिसकेको छैन। अब यसलाई अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको छ।

आयोगका अनुसार, बजेट तयारीको क्रममा रहेको बताउँदै, अझै के कति रकम आवश्यक पर्ने भन्ने निश्चित नभएको जानकारी दिएको छ। आयोगले चुनावको तयारीका क्रममा आवश्यक सामग्रीहरूको सूची समेत तयार गरिरहेको छ। सामग्री खरिद बाहेक आकस्मिक व्यवस्थापनको लागि पनि केही रकम छुट्याउने योजनामा रहेको छ।

निर्वाचनको लागि एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने व्यवस्था रहेको छ। विगतका निर्वाचनहरूमा पनि यसरी नै तयारी हुँदै आएको छ। यसका लागि सबैभन्दा बढी खर्च कर्मचारी व्यवस्थापन नै हुने आयोगको भनाइ छ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने भएकाले यसले पनि ठूलो रकम खर्च हुने अपेक्षा गरिएको छ। साथै, मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नका लागि पनि कर्मचारीको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईको बयान सकियो
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
सिन्धुलीबाट भागेका जबरजस्ती करणीका प्रतिवादी सन्दीप पुन: पक्राउ
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
प्रदीप ज्ञवालीको प्रतिक्रिया: विद्यादेवी भण्डारीको राजतन्त्र फर्कने भनाइप्रति कटाक्ष
प्रदीप ज्ञवालीको प्रतिक्रिया: विद्यादेवी भण्डारीको राजतन्त्र फर्कने भनाइप्रति कटाक्ष
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
न्यू स्पिडी बोर्डिङ्ग स्कुलको वार्षिक परिक्षाफल प्रकाशित
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
दक्षिण कोरियाली विपद् राहत ११ सदस्यीय टोली नेपाल आइपुग्यो उद्धार कार्य सुरु
दक्षिण कोरियाली विपद् राहत ११ सदस्यीय टोली नेपाल आइपुग्यो उद्धार कार्य सुरु
संसदमा नयाँ विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव, कर, प्रशासन र अनुगमनमा सुधारको माग
संसदमा नयाँ विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव, कर, प्रशासन र अनुगमनमा सुधारको माग
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
चाडपर्वमा शङ्कास्पद गतिविधि देखे तत्काल खबर गर्न प्रहरीको आग्रह
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?